Homeजापान विशेष

जापान विशेष

गैर आवासीय नेपाली संघ जापानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण सम्पन्न, सबैको सहयोग लिएर अगाडी बढ्ने अध्यक्ष न्यूउरे

टोकियो गैर आवासीय नेपाली संघ (एनआरएन) जापानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण शनिबार सम्पन्न भएको छ । जुलाई ३० तारिक अनलाईन मार्फत भएको ७ हजार १...

जापानबाट ददिवल खड्काले एनआरएनए आइसीसीको सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

टोकियो गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सह-कोषाध्यक्ष पदमा जापानका ददिवल खड्काले उम्मेद्वारी घोषणा गरेका छन । निस्वार्थ सेवा, मेरो प्रतिबद्दता भन्ने नारा सहित आफुले...

एनआरएनए जापानमा निर्वाचित पर्बतेहरुलाई पर्वत समाजद्धारा बधाई ज्ञापान 

टोकियो  गैर आवासीय नेपाली संघ(एनआरएनए) जापानको नयां (०२३-०२५) कार्यकालका लागि पर्वत जिल्ला घर भई बिजेता बनेका सबैलाईमंगलबार बधाई कार्यक्रमको आयोजनागरी सम्मान गरेको छ ।  गएको आईतबार सम्पन्न एनआरएनए जापानको अधिवेसनबाट उपाध्यक्ष पदमा पर्वत समाज जापानका अध्यक्ष सुभास लामिछानेलेलोकप्रिय मत सहित विजयी भएका थिएभने युवा संयोजकमा पर्वत समाज जापानका उपाध्यक्ष मुक्तिराज रेग्मी निर्विरोध निर्वाचितभएका थिए ।  त्यसैगरी समाजका सदस्य अर्जुन तिवारी कान्तो क्षेत्रको उपसंयोजक, कोषध्यक्ष विमल न्यौपाने एनआरएनए चिवा क्षेत्रिय समितिकोसहकोषध्यक्ष एवं सचिव राजेन्द्र शर्मा चिवा क्षेत्रको सदस्यमा निर्वाचित भएकोमा बधाई सहित सफल कार्यकालको शुभकामना कार्यक्रमसम्पन्न भएको महासचिव राम बास्तोलले जानकारी दिनुभयो ।  एनआरएन जापानको नयां कार्यकालको चयन आईतबार अनलाईन मतदानबाट सम्पन्न भएको हो भने कान्तो क्षेत्र र चिवा क्षेत्रको क्षेत्रियसमिति सर्वसम्मत चयन भएको हो । गैरआवसीय नेपाल संघ(एनआरएन) को वर्तमान केन्द्रिय समितिको उपाध्यक्षमा महेश श्रेष्ठ एव उपमहासचिवमा ओम गुरुङ कार्यरत रहेको छन । आगमि कार्यकालका लागि उपाध्यक्ष श्रेष्ठले अध्यक्ष र गुरुङले महासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन ।

गैर आवासीय नेपाली संघको अध्यक्ष पदमा ५ रणनिती २५ योजना सहित जापानका महेश कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्दै 

टोकियो  गैरआवासीय नेपाली संघ भित्र सदैब समन्वयकारी भूमिका निर्वाह गर्दै आएका उपाध्यक्ष महेश कुमार श्रेष्ठले आगमी कार्यकालका लागिअध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन ।  वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका श्रेष्ठले ५ रणनीति र २५ योजना सहित अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्ने तयारी गरेकोनिष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।  श्रेष्ठले ‘२०२३–०२५’ कार्यकालका लागि अगस्टको अन्तिम हप्ता अध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने तयारी गरेकाछन । एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर महिनामा काठमाडौंमा हुने मिति तय गरिएको छ । वर्तमान केन्द्रिय उपाध्यक्ष रकोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका श्रेष्ठले एनआरएन भित्र देखिएको सबै खालको समस्या एनआरएनहरुलेसमन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने नेतृत्वको रुपमा चिन्छन्। श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, बिदेशमा रहेका नेपाली श्रमिकहरुको अधिकार, नेपालको समृद्धि र विकासमा गैर आवासीयनेपाली संघ (एनआरएनए) लाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरुलाई एनआरनएमा जोड्नेरणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका हुन्। उनले आफ्नो रणनीतिलाई कार्यान्वयन गर्न २५ वटा कार्ययोजना समेत बनाएका छन्। आगामी कार्यकाल भित्रै पूरा गर्न सक्नेगरी उनलेयोजना समेटेका छन्। एनआरएन समुदाय लगायत विभिन्न देशमा रहेका नेपालीहरु माझ श्रेष्ठ समन्वयात्मक भूमिका निर्वाह गर्ने अभियन्ताको रुपमा परिचितछन्। एनआरएनएमा नेतृत्वले सबैमा मिलाउन नसक्दा अभियानमै नकरात्मक असर देखिएको थियो। विश्वमा रहेका नेपालीलाईविभाजन भन्दा जोड्ने प्रयत्नकोलागि अध्यक्षमा उम्मेद्वारी प्रस्तुत गर्न लागेको उनले बताए। विश्वका विभिन्न ठाउँमा छरिएका पुराना र नयाँ सबै एनआरएनहरुलाई जोडेर कार्यसमिति बनाउने अध्यक्षका प्रत्यासी श्रेष्ठ बताउँछन्। ‘एनआरएनएमा अहिले मेलमिलाप, एकता र सहमति गरेरै अघिबढ्ने परिस्थिति रहेको छ,’ श्रेष्ठले भने,‘गफ लगाउने कुरामा म विश्वासगर्दिन। मैले परिणाममुखी काम गरेर देखाउने छु ।’ कायचु युर्निभर्सिटी टोकियोबाट पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भएर सफल नेतृत्व गरिसकेका छन्। २०१९–०२१मा कोषध्यक्ष हुँदा एनआरएनएलाई संस्थागत विकास गर्नकोलागि उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। ग्लोविस युर्निभर्सिटी जापानमा एमबीए अध्ययम गरेका उनी कोषध्यक्ष हुँदा एनआरएनएको फाइनान्सियल सिस्टम भद्रगोल रहेको थियो।२०० बढी बेरुजुका चाङ रहेका थिए। टेन्डर आब्हान गर्नुपर्ने काममा पनि सोझै खरिद गर्दा धेरै बेरुजु देखिएका थिए। एनआरएनए घाटामारहेको थियो। श्रेष्ठले आफ्नो अध्ययन र व्यावसायिक अनुभवको आधारमा एउटा नियमावली बनाएरै फाइनान्सियल सिस्टम बसाले। आफ्नो व्यवसायमा सफल श्रेष्ठले एनआरएनएमा पनि वार्षिक बजेट ल्याई काम थाले। हरेक ३ महिनामा आन्तरिक अडिट र वार्षिकरुपमा बाह्य अडिटगर्ने सिस्टम बसाल्नमा उनले महत्वपूर्ण भूमिका खेलेका छन्। श्रेष्ठको नेपाल र जापानमा थुप्रै कम्पनीमा लगानी रहेको छ। जापानमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको अध्यक्ष तथा सिइओ, तोनानकम्पनी लिमिटेडको अध्यक्ष र सिइओ, जेएन कृषि कम्पनी लिमिटेड साथै सिटी ट्राभल एन्ड टुर कम्पनीमा उनि निर्देशक रहेका छन्। नेपालमा मनी ट्रान्सफर सहित ट्राभल, हाइड्रो, पर्यटन र आईटी क्षेत्रमा जोडिएका छन्। सिटी एक्सप्रेस मनी ट्रान्सफर, सिटी एक्सप्रेसम्यानेजमेन्ट, सिटी टेक, सिटी इन्भेष्टमेन्ट फन्ड प्रालि, हिमालयन पावर पार्टनर, एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि तथा दक्लिफ प्रा.लि मा उनी प्रवर्द्धक तथा सल्लाहकार रहेका छन्। उनी एनआरएनएलाई प्रविधि मैत्रि बनाउन सुरु गरिएको एमआइएस सिस्टम तथा फेस भेरिफिकेसन सिस्टमका योजनाकार पनि हुन् ।“एक पटकको नेपाली सधैंको नेपाली” भन्ने नारालाई आत्मसात गर्दै विश्वभर रहेका नेपालीले भोगी रहेका समस्या समाधानमा अग्रसरहुने उनले वाचा गरेका छन्। विश्वभरका नेपालीलाई जोड्नुका साथै नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथागैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि पनि आफुले नेतृत्व लिन चाहेको श्रेष्ठले बताए।

एनआरएनए जापानको अध्यक्षमा नविन न्युउरे २९ सय ५५ मत सहित विजयी

टोकियो आईतबार सम्पन्न एनआरएनए जापानको अध्यक्ष पदमा नबिन न्युउरे निर्वाचित भएका छन् ।   न्यूउरेले २९ सय ५५ मत प्राप्तगरी विजयी भएका छन । उपाध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठ,कृष्ण गैरे,देबराज उप्रेती,सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने