गैर आवासीय नेपाली संघ जापानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण सम्पन्न, सबैको सहयोग लिएर अगाडी बढ्ने अध्यक्ष न्यूउरे

टोकियो

गैर आवासीय नेपाली संघ (एनआरएन) जापानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण शनिबार सम्पन्न भएको छ ।

जुलाई ३० तारिक अनलाईन मार्फत भएको ७ हजार १ सय ६८ मतदाताहरु मध्ये ५ हजार ४ सय ४८ मत मध्ये अध्यक्षमा नविन न्यूउरेले २९ सय ५५ मत प्राप्त गर्दै नविन न्यूउरे निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको थियो ।

सपथ ग्रहण पछि नवनिर्वाचित अध्यक्ष नविन न्यूउरेले मतब्य ब्यक्त गर्दै सबैको सहयोग लिएर एनआरएन जापानलाई लिएर हिडने बताउदै आफ्नो मुल्याङन र बधाई दुई बर्षपछि दिन अनुरोध गर्नुभयो ।

सपथ ग्रहण समारोहमा उपविजेता बनेकी संगिता अधिकारीले नवनिर्वाचित समितिलाई शुभकामना दिदै एनआरएनए एउटा अभियान भएकाले सबै अटने वतावरण बनाउन निर्वाचित पदाधिकारहरुलाई अनुरोध गर्नुभयो ।

जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सपथ ग्रहण समारोहमा निर्वाचन आयुक्त डम्बर राज पौडेलले नवनिर्वाचित कार्यसमितिलाई सपथ गराउनु भएको थियो ।

एनआरएन जापानको विभिन्न ३२ पदमा ५५ जना उम्मेदवारी परेको थियो ।

एनआरएन जापानको ११ औ अधिवेशन जुलाई २९ र ३० सम्पन्न भएको थियो ।

ताजा समाचार