टोकियो
मगर समुदायको सांस्कृतिक पर्व माघे संक्रान्ति विशेष कार्यक्रम टोकियोमा सांस्कृतिक कार्यक्रम सहित आयोजना गर्ने भएको छ ।
नेपाल मगर संघ जापानको आयोजनामा यहि...
टोकियो
जापानमा स्थापना भएको पुरानो सस्था तमु धीं जापानले गुरुङ समुदायको नयाँ बर्ष (ल्होसार) जनवरी ४ तारिक टोकियोमा मनाउने भएको छ ।
ल्होसारको २९ औं श्रृखलामा लोकदोहोरी गायिका सविना गुरुङ तथा चलचित्र कलाकार बल बहादुर गुरुङको उपस्थितीमा यस बर्षकोल्होसार मनाउने तमूधीं जापानका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभयो ।
विरालो वर्गको विदाई र गिद्ध वर्गको स्वागतमा मनाईने ल्होसार तमु धीं जापानले ४ जनवरी २०२४ विहिबारको दिन दिउसो २ बजेबाट वेलुका ७ बजे सम्म ओन्सी पार्क उएनोमा आयोजन हुने ल्होसार सांझमा जापानमा रहेका कलकारहरुबाट गुरुङ संस्कार र गुरुङसंस्कृतिका विभिन्न झाँकी, छ्याढु, घाँटु सहित २९ औं तमु ल्होसार मनाउन लागेको कार्यक्रम संयोजक तथा उपाध्यक्ष अनिला तमुलेजानकारी दिनुभयो ।
जापानमा गुरुङ जातिको संस्कार र संस्कृतिलाई दोश्रो पुस्तासम्म लैजाने अभियान स्वरूप तमु धीं जापानले हरेक बर्ष ल्होसार, रोंधीसाँझ जस्ता गुरुङ जातिको मौलिक पर्वहरु निरन्तर मनाउदै आइरहेको छ । विगत केहि बर्षदेखि तमु धीं जापानले श्रष्ट सम्मान गर्दैआईरहेको क्रमलाई निरनतरता दिंदै यसपटक तमु हास्य कलकार बल बहादुर तमुलाई सम्मान गर्ने भएको छ । र सम्मान ग्रहणको लागितमु धीं जापानले बल बहादुर तमुलाई निमन्त्रण गरिसकेको महासचिव खेम तमुले जानकारी दिनुभयो ।
आउदै गरेको तमुहरुको महान पर्व ल्होसारको अवसरमा तमुधींले आयोजना गरेको ल्होसार कार्यक्रममा उपस्थित भई सहभागिताजनाईदिन तमूधी जापानले सबैमा अनुरोध गरेको छ ।
(गुरुङ(तमू) हरुको २९ औ ल्होसार सांझको निष्पक्षन्यूज मिडिया सहयात्री रहेको छ )
जनकपुरधाम । आज बिहान उदाउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ ।
श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो...
काठमाडौं
नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना...