मगर संघ जापानले टोकियोमा माघे सक्रान्तिमा सांस्कृतिक सांझ गर्ने, तयारी तिब्र

टोकियो

मगर समुदायको सांस्कृतिक पर्व माघे संक्रान्ति विशेष कार्यक्रम टोकियोमा सांस्कृतिक कार्यक्रम सहित आयोजना गर्ने भएको छ ।

नेपाल मगर संघ जापानको आयोजनामा यहि जनवरी १३ तारिक टोकियोको किता वार्डमा रहेको हलमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा नेपाली लेक दोहोरी क्षेत्रका चर्चित कलाकारहरु श्याम राना मगर एवं सम्झना लामिछाने मगरको विशेष सांगितिक प्रस्तुती रहेन नेपाल मगर संघ जापानका कोषध्यक्ष सविन बाबु मगरले जानकारी दिएका छन ।

मगर समुदायले माघे १ गते (सक्रान्ति) लाई विशेष कार्यक्रमगरी मनाउने परम्परा रहेको मगर संघ जापानले यस बर्ष नेपालबाट चर्चित कलाकार सहित मगर सस्कार र सस्कृतिलाई जापानबासि नेपालीमाझ प्रस्तुत गरिने निर्वातमान अध्यक्ष ओम काउचा मगरले बताए ।

आयोजकका अनुसार जनवरीको दोश्रो हप्ता नेपालबाट कलाकार जापान आईपुग्ने जानकारी गराउदै जापानमा रहेका कलाकारहरुको तयारी अवस्थामा रहेको बताएको छ ।

ताजा समाचार