टोकियोमा गुरुङहरुले मनाए ल्होसार, अध्यक्षमा हिमाली गुरुङ चयन

टोकियो

तमु धीं जापानको आयोजनमा यस बर्षको ल्होसार टोकियोमा भब्यतासग मनाएका छन ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोबिन शेरचनको प्रमुख आतिथ्यततामा सम्पन्न भएको ल्होसार कार्यक्रममा गुरुङ सस्कृतीका गित संगित सहित नेपालबाट जापान आईपुगेका नायिका तथा गायिका सबिना गुरुङ तथा कलकार बलबहादुर गुरुङको सास्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

ल्होसार कार्यक्रममा गुरुङ सस्कृतीका गित तथा नृत्य प्रस्तुत हुदा सहभागि भएका दर्शक तथा जापानिज नागरिकहरुले पनि कलाकारसगै गित गाएर एव नाचेर साथ दिएका थिए ।

नेपालबाट आएका कलाकार सहित जापानमा रहेका कलाकारहरुले विभिन्न गित तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

ल्होसारको उदघाटन सत्रमा प्रमुख अतिथि शेरचन सहित ओम गुरुङ, सिद्दार्थ श्रेष्ठ, बिजेश थकाली, शिव प्रसाद पौडेल र श्री गुरुङले शुभकामना मतब्य राखेका थिए ।

तमु धी जापानका का.वा अध्यक्ष अरमान गुरुङको सभापतित्वमा एवं महासचिव खेम गुरुङले संचालन गरेको ल्होसार कार्यक्रम टोकियोको उयोनो पार्कमा सम्पन्न भएको हो । कार्यक्रममा जापानमा रहेका गुरुङ समुदाय सहित नेपाली र जापानिज नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

अध्यक्षमा हिमाली गुरुङ निर्वाचित

तमुधीं जापानको २९ औ ल्होसार कार्यक्रममा आगमी २ बर्षको कार्यकालका लागि हिमाली गुरुङको नेतृत्वमा २९ सदस्यको कार्यसमिति चयन गरेको छ ।

निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ ।
अध्यक्ष : हिमाली गुरुङ
उपाध्यक्ष : आरमान गुरुङ
उपाध्यक्ष : सोममाया गुरुङ
उपाध्यक्ष : अनिला गुरुङ
उपाध्यक्ष : खेम गुरुङ
उपाध्यक्ष : मान गुरुङ
महासचिव: बिनय गुरुङ
सचिब : दिनेश गुरुङ
सचिब : टेकान गुरुङ
कोषध्याक्ष : मिथुन गुरुङ
सह-कोषध्यक्ष : प्रदिप गुरुङ
सांस्कृतिक संयोजक : केवल गुरुङ
सह-संयोजक : ओम सङिग गुरुङ
खेलकुद संयोजक : बुद्ध गुरुङ
सह-संयोजक : कुल बहादूर गुरुङ
युबा संयोजक : मुकेश गुरुङ
सहसंयोजक : अशोक गुरुङ
महिला संयोजक : माया गुरुङ
सह-संयोजक : डिनु गुरुङ
सदस्य : खुशि गुरुङ
सदस्य : प्रिती गुरुङ
सदस्य : रुपेश गुरुङ
सदस्य : चन्द्र गुरुङ
सदस्य : प्रिती घोताने गुरुङ
सदस्य : ज्याक गुरुङ
सदस्य : सुनीता गुरूँग
कार्यसमितिमा प्रवक्ता र आर्थिक संयोजक र सहयोजक पछि चयन गरिने तमुधी जापानले जानकारी दिएको छ ।

ताजा समाचार