टोकियो
गुल्मेली समाज जापानको चौथो अधिवेशन २४ तारिक टोकियोमा हुने भएको छ ।
शिनओकुबो सोलमारी मुरा हलमा आइतबार दिउसो १ बजे बाट अधिवेशन हुने भएको छ। बिभिन्न कारणबाट स्थगित भएको अधिवेशनकोरोना संक्रमणको सबै सुरक्षित मापडन्डका साथ सम्पन्न गर्ने तयारी भएको प्रचार प्रसार प्रमुख राम प्रसाद ढ़कालले जानकारी दिनुभएको छ।
कोरोनाको कारण बृहत् उपस्थिति नगरी गुल्मेलीहरु मात्र उपस्थित भई अधिवेशन सम्पन्न गर्ने जानकारी समेत ढ़कालले दिनु भयो। २०१५मा सम्पन्न तेश्रो अधिवेशनको नेतृत्वले नया कार्यसमितिलाई नेतृत्व हस्तांतरण गर्ने बुझीएको छ।
कार्यक्रम हुने मिति समय र स्थान यस प्रकार रहेको छ।
मिति —2021-10-24 तारिक आइतबार
समय — दिउसो -१ बजे बाट
ठेगाना - सोलमारी हल सिनओकुबो
〒169-0073 Tokyo, Shinjuku City, Hyakunincho, 2 Chome−20−23
Tel- 03-5937-2792
काठमाडौँ
बडादसैंको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।
विजयादशमीका दिन आज बिहान ८:१९ बजे देवी...
काठमान्डौ
नवरात्रको आठौँ दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात्...
टोकियो
पोखरा कास्की समाज जापानले मानसिक स्वास्थ्यको विषयमा छलफल सहित विजय दशमिको शुभकामना कार्यक्रन सम्पन्न भएको छ।
पछिल्लो क्रममा जापानमा बढिरहेको नेपाली युवाहरुको मानसिक समस्या त्यसको उपचारमा समाजहरुको भूमिकाका बारेमाअन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक सन्देश अधिकारीले जानकारी दिनुभयो ।
टोकियोको उयोनोमा रहेको सेवा रेष्टुरेन्टमा सम्पन्न अन्तरक्रियात्क कार्यक्रममा कोरोना संक्रमणलाई मध्य नजर गर्दै भौतिक र अनलाईनमार्फत सम्पन्न भएको कार्यक्रम डा विजय ज्ञवालीले मानसिक समस्या समाधानका उपायहरु एवं साथि र जापानमा क्रियासिल संघसस्थाको भूमिकाका बारेमा प्रकाश पार्नु भएको थियो ।
कास्की पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदीको अध्यक्षतमा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा एनआरएनजापानका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शिव प्रसाद पौडेल महिला उपाध्यक्षसंगिता अधिकारी, महासचिव सिद्दार्थ श्रेष्ठ, एव सहकोषध्यक्ष दिपक सुनारले समाजलाई सम्मानका लागि धन्यबाद ब्यक्त गर्नु भयो ।
सोहि कार्यक्रममा निर्वतमान अध्यक्ष विकास श्रेष्ठलाई कास्कि पोखरा समाज जापानलाई सक्रिय सस्था बनाउन सफल हुनु भएकोमासस्थाले सम्मान सहित मायाको चिनो प्रदान गरिएको समाजका अध्यक्ष विस्व सुवेदीले बताउनु भयो ।
दशैको शुभकामना सहित मानसिक स्वास्थ्याको अन्तरक्रियात्मक कार्यक्रमलाई उपाध्यक्ष कमल बास्तोला र महासचिव विशु भन्डारीलेसहजिकरण गर्नु भएको थियो ।