टोकियो
घर र परिवारको सुन्दर भविश्यका लागि कामदार भिषामा जापान आएको बाग्लुङ घर भएको मोहन प्रसाद गौतमको दशैको विचमा असामयिक निधन भएको छ ।
दुई महिना देखि कोरोना संक्रमित भई जापानका साईतामामा उपचार गराई रहेको बाग्लुङ नगरपालिका वडा नम्बर ७ गैरागाउँ घर भै हाल जापानको साईतामा केनमा बस्ने मोहन प्रसाद गौतमको मंगलबार मृत्यु भएको हो । झन्डै २ महिना पहिले कोभिड संक्रमित हुँदा केही दिन अस्पताममा उपचार पश्चात निको भै घर फर्किएको र केहीदिनमा पुन स्वास्थ्यमा समस्या देखिएपछी अस्पातल पुगेका गौतमको कोरोनाले फोक्सोमा असर गरेकोले मृत्यु भएको बताईएको छ । गौतमको मृत्यु कोरोनाले भएकोले दाहसंस्कार स्थानीय सरकारको तर्फबाट यही शनिबार हुने पारिवारिक स्रोतले जनाएको छ ।
करिब ७ वर्ष पहिले देखि जापानमा दक्ष कामदार(कुक) भिषामा रहेका गौतमका श्रीमती र एक छोरा जापानमै रहेका छन् भने एक छोरी र दुई छोरा नेपालमा रहेका छन् ।