टोकियो
राजनैतिक रुपमा राष्ट्रिय जनमोर्चा निकट रहेको जापान नेपाली एकता समाजको दोश्रो अधिवेशनले शालिकराम सापकोटालाईअध्यक्षमा निर्वाचित गर्दै २७ सदस्य रहेको नयॅा कार्यसमिति निर्वाचित गरेको छ ।
अन्तराष्ट्रिय नारी दिवशको दिन टोकियोमा सम्पन्न भएको अधिवेशनलाई जनमोर्चा नेपालको अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्र बहादुरकेसिले नेपालबाट अनलाईन मार्फत उदधाटन सहित वर्तमान राजनितिक अवस्था एवं जननोर्चाको राजनैतिक परिस्थितीको बारेमा बोल्नुभएको थियो । उहांले एमसिसिको नाममा कांग्रेस सहित अधिकांस कम्यूनिष्टहरुले पनि आफनो नैतिकता गुमाएको बताउदै देशलाई नयांसंकट आईपरेको बताउनु भयो ।
अधिवेशनमा एनआरएन जापानका आईसिसि सदस्य डिपि कडेल, प्रवासी नेपाली मंचका अध्यक्ष सुरेश केसी, एनआरएन जापानकाअध्यक्ष शिव पौडेल, नेपाल पत्रकार महासंघ, जापानका अध्यक्ष मोहन घले लगाएतले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरेका थिए।
जापान एकता समाजको दोश्रो अधिवेशनले निर्वाचित कार्यसमितिको उपध्यक्षमा डण्ड के सी, तेजेन्द्र क्षेत्री महासचिव, प्रदिप बि कसचिव, छन्द सापकोटा, कोषाध्यक्ष, सदस्यमा केशव सापकोटा, तेजु के सी,राजु रेग्मी,बासु शर्मा, धनराज गौतम, लक्ष्मण कार्की, बिष्णुपोखरेल,निश्चल क्षेत्री, कमल कार्की,गोपाल खत्री,उमेश निउरे,हेमलाल गौतम, नविन बस्याल, गोपाल कृष्ण सापकोटा, भुवान सापकोटा, नारायण कडेल, गम बुढाथोकी, मेघराज सापकोटो र कमल सापकोटा निर्वाचित गरेको छ । त्यसैगरी सोहि अधिवेशनलेसल्लाहकार यमलाल सापकोटा,नन्दु शर्मा भिम के सी,बिष्णु के सी,यामलाल सापकोटा,धन ब बि क ,लिला परियार, दिलु खत्रीलाई चयन गरेको छ ।
अधिवेशनमा समाजको जापान नेपाली एकता समाज क्षेत्रीय समिती टोकियोको समितिको पनि धोषण गरेको थियो । टोकियोसमितिको अध्यक्षमा नारायण कडेल,उपाध्यक्ष-रामप्रसाद गौतम,सचिब-बिष्णुप्रसाद पोख्रेल,सहसचिब-यामप्रसाद पौडेल ,कोषाध्यक्ष-गोमबहादुर बुढाथोकी सहित १३ सदस्य रहेका छन ।
टोकियोमा सम्पन्न दोश्रो अधिवेशनमा रक्त्तिम परिवारका कलकारहरुले जनवादी गित,सगित सहित नृत्य प्रस्तुत गरेका थिए भने एकता नौमती पंचेबाजा समुहहले पंचेबाजा प्रस्तुत गरेका थिए ।
काठमाडौं
११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति...
एजेन्सीहरु
रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको शुक्रबार नौ दिन पुगेको छ। यी नौ दिनमा रूसी सेनाले एउटा शहर कब्जा गरेका छन् भने राजधानी किएभ घेरेका छन्।
बुधबार...
काठमान्डौ
देशको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने शपथ खाएर अर्थ मन्त्रालय प्रवेश गरेका अर्थमन्त्री जनार्दन शर्मा एकपछि अर्को चुनौतीले घेरिएका छन्।
अर्थतन्त्रका अधिकांश सूचक सही दिशामा नहिँडिरहेका...
टोकियो
जापानले नयॅा बर्षसगै बढेको कोरोना नियन्त्रणको लागि भन्दै विभिन्न प्रान्तहरुमा जारी अर्धआपतकाल अब १८ वटा प्रान्तहरुमा २१ मार्च सम्म लम्बाउने निर्णय गरेको छ ।
जापान...