टोकियो
कोरोना सक्रमण कै विचमा आजबाट जापानमा लागु गरिएको अर्धआपतकाल हटाईने भएको छ ।
जापान सरकारले कोरोना महामारीसगको लडाईमा भौतिक तयारी, तयारी अवस्थामा रहेको गम्भिर अवस्थाको विरामीको संख्यामा कमि आएको, कोरोनाको तेश्रो डोज खोप लगाईनेको सख्यामा बृद्दी भएको एवं कोरोना संक्रमण घटिरहेको भन्दै आजबाट जापानका सबै प्रान्तहरुमा कायम रहेको अर्धआपतकाल हटाईने तय भएको हो ।
नयाँ वर्षको चहलपहल र ओमिक्रोन भेरियन्टको संक्रमणका कारण झण्डै सबै जसो प्रान्तहरुमा अर्धआपतकाल लगाउनुपर्ने अवस्थामापुगेको जापानमा, कोरोना संक्रमण घट्दै गएपछि अर्धआपतकाल हटाईने भएको हो । जापान सरकारलेटोकियो, साईतामा तथा खानागावा लगायतका १८ वटा प्रान्तहरुमा अर्धआपतकाल कायम गरेको थियो ।
जनवरी ८ पछि जापानमा कोरोना संक्रमण तिब्र हुन पुगेको थियो। जापान सरकारले बिभिन्न मितिमा बिभिन्न प्रान्तमा अर्धआपतकाल घोषण गरेको थियो ।
आजबाट राजधानी टोकियो होक्काईदो, आओमोरी, इबाराकी, तोचिगी, गुन्मा, साइतामा, चिबा, कानागावा, इशिकावा, गिफु, शिजुओका, आइची, क्योटो, ओसाका, ह्योगो, कागावा, कुमामोटो मा पनि एकैसाथ अर्घआपतकाल हटाईने निर्णयभएको छ ।