काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद सहमति भएको छ । दुईजना अध्यक्ष हुने सहमति भएपछि फुटको संघारमा पुगेको विवाद तत्काललाई सल्टिएको हो।
कुल आचार्य र डा. बद्री केसीले पालैपालाे अध्यक्ष हुने सहमति भएकाे छ। पहिलो कार्यकाल कुल आचार्य र दोस्रो कार्यकाल डा. बद्री केसीले नेतृत्व गर्ने सहमति भएको छ। यो विवाद मिलाउन नेपाली कांग्रेसका केही नेताहरुले मध्यस्थता गरेका थिए।
एनआरएनएको विवाद अदालतसम्म पुगेपछि सहमतिको वातावरण तयार पार्न कांग्रेस नेताहरूले पहल गरेका थिए। कांग्रेस नेताहरूको पहलमा भएको छलफलमा आचार्य र केसी एक–एक वर्ष अध्यक्ष बन्ने सहमति जुटेको हो।