नारीता नेपालले मे १ तारिख “मजदुर दिवस” को अवसर पारेर “प्रथम अन्तर चिवा फुटसल टुर्नामेण्ट” आयोजना गर्ने भएको छ ।
खेल भब्य र सब्यरुपमा आयोजना गर्नको लागि सहआयोजकको रुपमा नेफिन जापान, फरेक्स रेमिट,जापान र सहयोगी तथा सपोर्टरको रुपमा एनआरएन चिवा क्षेत्रिय समिति जापान चकटी रेष्टुरेन्ट र नेपाल जापान फ्रेन्डसिप एशोसिएशनले सहयोग गर्ने भएको छ ।
खेलमा सहभागी हुन इच्क्षुक टिमले प्रबेश शुल्क २५०००येन तोकिएको छ । खेलको टाइसिट ड्र अप्रिल १४ तारिखको दिन चकटी रेष्टुरेन्ट नारितामा हुने आयोजकले जानकारी दिनुभएको छ ।
Narita Shi Akasaka 2-1-10,Bonbelta Funujuka फुटसलमा हुन गइरहेको उक्त दिन सम्पुर्ण जापान प्रवासी नेपाली दाजुभाइ दिदीबहिनी मित्रहरु उपस्थित भई कार्यक्रम सफल पारिदिनहुन आयोजकले अनुरोध गर्नुभएको छ ।
“नारीता नेपाल” ले जापान प्रवासी नेपालीहरुलाई एकताबद्ध गर्नुका साथै खेलकुद, सामाजिक तथा संस्थागत क्षेत्रमा सहयोग गर्दै आईरहेको छ । नेपाली संस्कृति संरक्षण चाडपर्व, मनोरञ्जनका कार्यक्रमहरु आयोजना गर्नको साथै जापान प्रवासी नेपालीहरुलाई समस्या आइपरेको अवस्थामा सहयोगहरु जुटाउदै आएको छ ।
पुरस्कार राशी अनि सम्पर्क बिबरण
बिजेता नगद १५५५५५ येनको साथमा मेडल र ट्रफी
रनर अफ नगद ७७७७७ येनको साथमा मेडल र ट्रफी
उत्कृष्ट खेलाडी ५०००को साथमा ट्रफी
हाइगेस्ट स्कोरर ५०००को साथमा ट्रफी
उत्कृष्ट गोल किपर ५०००को साथमा ट्रफी
सम्पर्क ब्यक्तिहरु
बिजय गुरुङ -०८०५४६५५३६२
छिरिङ शेर्पा ०९०८४९०३५२५
सुवास तामाङ ०९०८४३९९३५३
बिक्रम तामाङ ०९०६६५००९६५
राजु थापा ०८०३३४४९७८४
(संचारकर्मि फुर्वा शेर्पाको सहयोग)