टोकियो
जापानमा रहेका नेपाली चेलीहरुका लागि यस बर्षको हरितालिका तीजको अवसरमा 'तीज डान्सिङ क्विन' हुने भएको छ ।
‘मनाऔं तीज खुशियाली बाँढेर, प्रतिभा देखाऔं छमछमी नाचेर’ भन्ने अभियानका साथ जापानमा रहेका नृत्य प्रति रुचि राख्ने नारीहरुलेसहभागिता जनाउन सक्ने गरी प्रतियोगिता आयोजना गरिएको निपष्क्ष न्यूजले जानकारी दिएको छ ।
सौभाग्य र नारी अधिकारका लागि उत्सवका साथ मनाईने हरितालिका तिजमा यस बर्ष तिजको रमाईलो सगै उत्कृष्ट नृत्य प्रस्तुत गर्नेसहभागी मध्ये प्रथम हुनेले ५० हजार जापानी यान, दोश्रो हुनेले ४० हजार जापानी यान, र तृतीय हुनेले ३० हजार जापानी यन सहितट्रफि प्राप्त गर्ने भएका छन ।
प्रतियोगितामा सहभागि हुन चाहानेहरुले आफुले घरमा नै २ मिनेट सम्मको तिजको गितमा नृत्य गरेको भिडियो निष्पक्ष न्यूजकोफेसबुकमा वा निष्पक्षन्यूजको 08047262061 को ह्वाटसएपमा पठाई सहभागि हुन सक्ने प्रतियोगिताका संयोजक शिक्षा शान्तिवाईवाले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि प्राप्त भएका भिडियोहरुलाई निर्णयक मण्डले छनौट गरेपछि फाईनल राउण्ड प्रवेश गराई अन्तिम अर्थात् फाईनलराउण्डमा प्रत्यक्ष नृत्य गराई उत्कृष्ट तीन जनालाई छनौट गरी पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
काठमान्डौ
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बयानका लागि बोलाएको छ। बुधबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले यस्तो निर्णय गरेको हो।
समितिका एकजना...
काठमाडौँ — काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काइदिएको छ।
काठमाडौं महानगरपालिकाले नक्सापासबिनाका अवैध संरचना भत्काउन थालेपछि व्यापारीमाझ खैलाबैला भएको छ।
महानगरपालिकाले बुधबार सुन्धारास्थित काठमाडौं मलअगाडि...
यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय
काठमाडौँ — सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग...
७ भदौ, काठमाडौं । फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । महानगरले फुटपाथ व्यवस्थापन भन्दै साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथमा व्यवसाय गर्ने...