टोकियो
जापानमा रहेका नेपाली नारीहरुको नृत्य विधा मन पराउने महिलाहरुको लागि तीजको अवसरमा आयोजना भएको डान्सिङ क्विन’ को उत्कृष्ट १० छनौट भएको छ ।
‘मनाऔं तीज खुशियाली बाँढेर, प्रतिभा देखाऔं छमछमी नाचेर’ भन्ने अभियानका साथ जापानमा रहेका नृत्य प्रति रुचि राख्ने नारीहरुले सहभागिताका लागि आयोजना गरिएको प्रतियोगिता यहि अक्टुबर २ तारिक सोलमारी हलमा फाईनल राउन्ड सहित उपाधीको धोषण हुने आयोजक निष्पक्ष न्यूजले जनाकारी दिएको छ ।
पहिलो चरणबाट उत्कृष्ट १० मा सजना कौशल, टिष्ट पौडेल, शितल सापकोटा, समिक्षा खत्री, नविना दाहाल, मिरा दनुवार,ईरिसा भन्डारी, दिब्य नेपाल, शितल सापकोटा, विल्पवी सुवेदी र अन्दीता सुवेदी छनौट भएका छन ।
फाईनल राउन्डमा उत्कृष्ट प्रस्तुतीगरी प्रथम हुनेले ५० हजार जापानी यान, दोश्रो हुनेले ४० हजार जापानी यान, र तृतीय हुनेले ३० हजार जापानी यन सहित क्राउन प्राप्त गर्ने प्रतियोगिताका संयोजक शिक्षा शान्ति वाईवाले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाईनल राउन्ड अक्टोबर २ तारिक आईतबार सिनओकुबो स्थित सोलमारी हलमा सांझ ६ बजेबाट हुने छ ।