टोकियो
आष्ट्रेलियाबाट जापानमा दशै मनाउन आएकी सुनिता केसिको बुधबार राति जापानको साईतामामा सडक दुर्घटनामा मृत्यु भएको छ ।
नर्सिङ अध्ययनका लागि केहि महिना अघि आष्ट्रेलिया गएका सुनिता दशै बिदामा परिवारसग एक महिना जापान बस्नेगरी ४ दिन अगाडी जापान आएको सुनिताका बुबा मिन बहादुर केसीले निष्पक्षन्यूजलाई गहभरी आशु झार्दै बताउनु भयो ।
जापानमा यो चार दिनमा सांझमा ईभिनिङ वाकका लागि घर नजिकको बाटोमा हिडने सुनिता बुधबार भने बाटोमा हिडदै गर्दा करिब १० बजे ट्रिपरले ठक्कर दिदा मृत्यु भएको थियो ।
दुई छोरी र एक छोरा सहित स परिवार जापानको साईतामा याचुका भन्ने स्थानमा बस्ने केसी परिवारका दुई छोरी उच्च शिक्षाका आष्ट्रेलियामा छन भने छोरा जापानमा नै रहेको बुझिएको छ ।
कास्कि पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदीले भोलि प्रहरीले परिवारलाई छलफलको लागि बोलाएको जानकारी दिदै यस घटनामा के कसरी अगाडी बढने परिवार सग सल्लाह गरेपछि तय गरिने जानकारी दिनु भएको छ ।