Homeमनोरञ्जन

मनोरञ्जन

नयॅा बर्षको आगमनसगै टोकियोमा ‘टोकियो कविता कन्सर्ट’ आयोजना हुने

टोकियो नयाँ वर्ष २०२२ स्वागत तथा नेपाली राष्ट्रिय पोशाक दिवस जनवरी १ को अवसर पारेर अनेसास जापानको आयोजनामा “टोकियो कविता कन्सर्ट २०२२” तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयरी पुरा भएको छ । जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा हुने कार्यक्रममा संस्थाले विभिन्न समिति तथा उप-समिति निर्माण गरी तयारीलाई अन्तिम चरणमा पुराएको हो। कार्यक्रमलाई जापानमा व्यवसाय गरिरहेका व्यावसायिक तथा केहीसामाजिक संस्थाहरूको सहकार्यमा हुन लागेको अनेसास जापानका अध्यक्ष रविन शर्माले जानकारी दिए । यसपालि हामीले जापानमैपहिलो पटक फरक अनुभूति गराउने गरी तयारी गरेका छौँ। हाम्रा ५ विशिष्ट कविका साथमा पृष्ठभूमिमा सारङ्गी र बाँसुरीको धुनकोपनि मज्जा लिनेछौँ। यसको सबै तयारी पूरा भैसकेको उनले बताए ।  कविता कन्सर्टमा संभव भएसम्म हाम्रा पहिचान झल्किने पोशाक सहित उपस्थित अनुरोध गरिएको छ। कार्यक्रममा सहभागिता जनाउनकुनै शुल्क नलाग्ने र नेपाली साहित्यमा रुचि राख्ने जो कोहीले पनि सहजै प्रवेश पाउने जानकारी महासचिव शरद पोख्रेलले दिएका छन्। अनेसास नेपाली भाषा र साहित्यका लागि देश सहित विदेश विभिन्न देशहरुमा सक्रिय रहेको छ ।

आज योमरी पुन्ही, योमरीका अनेक आयाममाहरु

काठमाडौं आज योमरी पुन्हिः । विशेषगरी नेवारी समुदायमा चामलको पिठो र चाकुको मिश्रणबाट बनाइने योमरीसँग जोडेर यो पूर्णिमाको दिन नै योमरी पुन्हि नाम राखिएको छ...

कात्तिक शुक्ल द्वादशी : आज न्वागी खाइँदै

काठमाडौं नयाँ धान बाली भित्र्याएका किसान आज न्वागी खाने पर्व मनाउँदैछन्। देशका विभिन्न क्षेत्रमा घरघरै जसो न्वागी खाने तयारी देखिएको छ। कात्तिक शुक्ल एकादशी पर्व...

‘चपली हाइट ३’ पुस २ मा रिलिज हुने

अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘चपली हाइट ३’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । अर्जुन कुमारले अनलाइनखबरलाई दिएको जानकारी अनुसार यो चलचित्र आगामी...

जग्गाको नक्कली पूर्जा बनाएर १९ करोड ऋण

काठमाडौं गायक यागेश्वर अमात्यको नक्कली धनी पूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण प्रवाह भएको भेटिएको छ । गायक को बारामा रहेको...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने