नयां बर्षको पहिलो दिन टोकियोमा ‘कविता कन्सर्ट’

टोकियो

अन्तर्राष्ट्रिय साहित्य समाज( अनेसास) जापान च्याप्टरको आयोजनमा भएको ‘कविता कन्सर्ट’ कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ वर्ष सन २०२२ तथा नेपाली टोपी दिवसको अवसर पारेर शनिबार (जनवरी १ तारिख)टोकियोको सिनओकुबोमा पहिलो पटक कविता कन्सर्ट आयोजना गरिएको हो । कविता कन्सर्टमा जापानमा साहित्यमा कलम चलाई रहेका कवि दीप पाठक,मञ्जुल मितेरी,शेखर विकल्प,सयपत्री थुलुङ् र विनोद आचार्यले कबिताहरु प्रस्तुत गरिरहदा हिरा शिरिसको बांसुरी र सारंगीमा धन पुनले सागितिक धुनले साथ दिएका थिए ।

अनेसास अन्तराष्ट्रिय कमिटिका अध्यक्ष प्रकाश पौडेल माईलाको प्रमुख आतिथ्यत्यतामा सम्पन्न कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल,नेपाल पत्रकार महासंघ,जापान शाखा अध्यक्ष मोहन घले,अनेसास जापानका निर्वतमा अध्यक्ष गिरिजा गैरे, नेपाली भाषा तथा संस्कृतीका अध्यता जापानी नागरिक हारुहितो नोजु लगायत जापान स्थित विभिन्न नेपाली संघ संस्थाका पदाधिकारी एवं साहित्य प्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम अनेसास जापानका अध्यक्ष रबिन शर्माको अध्यक्षता,महासचिव शरद पोख्रेलले संचालन गरेका थिए ।

ताजा समाचार