टोकियोमा गुरुङहरुले ल्होसार मनाए

टोकियो

आफ्नै भाषा र मौलिक सस्कृती बोकेको गुरुङहरुको सस्था तमूधीं जापानले टोकियोमा ल्होसार मनाएका छ ।

स्थापनको २७ औ बसन्त पार गरेको तमूधीं जापानले जापानमा रहेको नेपाली सस्थाहरु मध्ये जेठो सस्थामा पर्दछ ।आईतबार सम्पन्न २७औ ल्होसार सांझमा गुरुङ भाषाको गित, नेपाली लोक सस्कृतीका गितहरु सहित जापानमा रहेका गुरुङ कलाकारहरुले गित, संगित र नृत्यहरु प्रस्तुत गरेका थिए ।

तमूधीं जापानका पूर्व अध्यक्ष श्री गुरुङको प्रमुख आतिथ्यतमा सम्पन्न २७ औ ल्होसार सांझमा तमूधीं जापानको आगमी दुई बर्ष कार्यकालका लागि रमेश गुरुङको अध्यक्षमा नयां कार्यसमिति निर्वाचित गरेको छ ।

ल्होसार सॅाझका फोटोहरु(फोटो:- प्रमेश गुरुङ/फुर्व शेर्पा)

ताजा समाचार