शिवरात्रीको दिन, द प्रोक्डसनको प्रस्तुती रहेको ‘शक्तिशाली शिव ताण्डव’ भजन सार्वजानिक


काठमाडौं

द प्रोडक्सन नेपालले ‘शिव ताण्डव’ नेपाली संस्करण बोलको “बम भोले” धार्मिक गीत (भजन) सार्वजनिक गरेका छ ।


महाशिवरात्रिलाई लक्षित गरी “शिव ताण्डव’ धार्मिक गीत सार्वजनिक गरेका हो । महाशिवरात्रिलाई धार्मिक पर्वका रूपमा लिइन्छ, हरेक वर्ष नेपालभर हर्षोल्लासका साथ महाशिवरात्रि मनाइन्छ। ‘शिवको महान रात’ हो महाशिवरात्रि, महाशिवरात्रिको अवसरमा हामीमा भएको नकारात्मक कुरालाई हटाई सकारात्मक कुराको प्रत्याभूति होस् सन्देश सहित धार्मिक गीत (भजन) शिव ताण्डव सार्वजनिक भएको छ ।

जसमा स्वर र कम्पोज शशिविक्रम थापाको रहेको छ भने शिवको भूमिका बेन बस्नेतले गरेका छन ,मिक्सिङ कृष्ण पुन र विजय बुढामगर को रहेको छ स्टुडियो संगीत बैंक को रहेको छ

ग्राफिक सपोर्ट किशन तामाङ को रहेको छ ।‘शक्तिशाली शिव ताण्डव’ बम भोलेमा हिन्दू परम्पराको मन्त्रलाई पनि गीतमा प्रयोग गरिएको छ। संस्कृति मन्त्रलाई समावेश गरि बम भोले गीत तयार पारिएको छ। बम भोलेगीतको परिकल्पना पुष्कर नन्दन अधिकारी,दिदप्य रिमाल,रुपक पौडयाल को रहेको छ ।उर्जावान युबा समूहद प्रोडक्सन नेपालले बम भोलेमा एक पृथक प्रस्तुति सहित हामीमा भएको नकारात्मक कुरालाई हटाई सकारात्मक कुराको प्रत्याभूति होस् सन्देश रहेको छ I बम भोले जेबी विष्ट र सिद्धार्थ रिमाल साथमा (एभरेष्ट विज्ञापन र कार्यक्रम व्यवस्थापनमा )तयार पारिएको छ ।

ताजा समाचार