निष्पक्ष न्युज

3237 POSTS
0 COMMENTS

जापानमा अध्ययनरत ५० नेपाली विद्यार्धीहरुलाई नगद छात्रवृत्ति दिईने, आवेदन खुल्ला

टोकियो गैर आवशिय नेपाली संघ (एनआरएनए) जापान र आईएचएनओ(IHNO) ब्यवसायिक सस्था विच भएको सम्झौता अनुसार यस पटक पनि जापानमा अध्ययनरत ५० नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान...

साहित्य विशेष कार्यक्रम सहित साहित्यिक चौतारी नेपाल जापान शाखाको तिज विशेष कार्यक्रम सम्पन्न

टोकियो  साहित्यिक चौतारी नेपाल, जापान शाखाले तिज विशेष शुभकामना एवं रचनाबाचन कार्यक्रम  आयोजना गरी भव्य रूपमा  सम्पन्न गरेकोछ। साहित्यिक चौतारी नेपाल, जापान शाखाका अध्यक्ष विन्दा पराजुली बरालको सभापतित्वमा  आयोजित कार्यक्रममा प्रमुख अतिथीनेपाल  प्रज्ञा प्रतिष्ठानको सङ्गीत तथा नाट्य विभागका प्राज्ञ हरिदेवी कोइराला र विशिष्ठ अतिथि अन्तराष्ट्रिय नेपाली भाषा साहित्यसमिति (INS) का अध्यक्ष डा. जानुका पौडेल नेपालको उपस्थिति सम्पन्न भएको हो ।  कार्यक्रममा नेपाल र जापानबाट महिला दिदिवहिनीहरुको उत्साहजनक रूपमा  तिज विशेष गीत र रचनाको साथमा साहित्यकारहरूकोभव्य उपस्थिति रहेको थियो। प्राज्ञ हरिदेवी कोइरालाले गीत गाउँदा कार्यक्रम ताली र नाँचले  गुञ्जायमान बनेको  थियो। विशिष्टअतिथि डा. जानुका पौडेल नेपालले तिजको महत्व र प्रचलनमाथि प्रष्ट पार्नु भएको थियो।कार्यक्रममा आमन्त्रित अतिथिहरूमा  नेपालबाट  लोकगीत गायिका एवं गजलकार सावित्री गिरी, वरिष्ठ छन्दकवि एवं कुशल कार्यक्रम प्रस्तोता सविता बराल, पौडेलविमुन्स,कल्पना भट्टराई, ओमकुमारी बन्जारा,सुनिता बराल, सुन्दरी घिमिरे खतिवडा, कविता केशरी, रिता पाठक दाहाल, गीता भण्डारीनिरौला, भगवती दवाडी,शान्ति सिग्देल, गृष्मा पौडेल,सिर्जना सरोवर, शोभा दाहाल बराल, सविना रेग्मी, मन कुमारी अंगाई, शुषमापोख्रेल, कमला न्यौपाने, गङ्गा सुवेदी र  सोना के. सीले आफ्ना रचना तथा गीतहरू  प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा गीता राउत बुढाथोकी,  गैर आवसीय नेपाली सङ्घका  पूर्व वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्, गैरआवासीय नेपाली सङ्कामहिला उपाध्यक्ष सङ्गीता अधिकारी सुवेदी, प्रभा नेपाल र सुलोचना बडालले तिजको शुभकामना  व्यक्त  गर्नु भएको थियो।सभाध्यक्षविन्दा पराजुली बरालले साहित्यिक चौतारी नेपाल जापान शाखाले आयोजना गरेको तिज विशेष कार्यक्रममा उपस्थित हुनुहुने  सहभागीहरू तथा जुम मार्फत संसारबाट यस कार्यक्रमलाई हेरेर साथ दिनुहुने सम्पूर्णमा धन्यवादका साथै तिजको शुभकामना दिनुभएकोथियो। साथै साहित्यिक चौतारी नेपाल जापान शाखाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिवद्धताव्यक्त गर्दै आफ्नो  तिज विशेष रचना बाचन गरेर कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन तथा सहजकर्ताको भूमिका यस संस्थाका  उपाध्यक्ष सरिता ढकालले निभाउँनु भएको थियो। कार्यक्रममा स्वागतमन्तव्य  संस्थाका सदस्य सुजाता शर्मा तथा प्रविधिमा सहयोग साहित्य चौतारी नेपालको इजरायल शाखाका अध्यक्ष नविन यात्रीले  गर्नुभएको थियो । 

बाग्लुङका बेलु पूनको जापानमा कोरोना संक्रमणका कारण असामयिक निधन

टोकियो जापानको नागोया आईचि केन बस्ने नेपाल बाग्लुङ ग्लकोट नगरपालिका पाण्डपखानी स्थायी घर भई हाल पारिवारिक भिषामा रहेका बेलु पुनको कोरोना संक्रमणका कारण मृत्यू भएको...

गैर आवासिय नेपाली संघ (आईसिसि) मा जापानका नारायण सुवेदीले सह-कोषध्यक्षमा उम्मेद्वारी दिने

टोकियो  गैर आवासिय नेपाली संघमा जापानको विभिन्न समितिहरुमा काम गरिसकेका ब्यवसायी नारायण सुवेदीले एनआरएन आईसिसिकोकेन्द्रीय सह-कोषध्यक्षमा उम्मेदवारी धोषण गरेका छन ।  जापानबाट विभिन्न देशहरुमा जापानमा निर्माण भएको गाडीहरु एक्सपोर्ट ब्यवसायमा सफलता प्राप्त गरेका सुवेदी सामाजिक सेवामापनि विगत लामो समय देखि क्रियाशिल रहेका छन । सुवेदी जनसम्पर्क समितिका जापानका पूर्व सभापति हुन भने वर्तमान गैरआवशियनेपाली संघ( आईसिसि) मा जापानबाट सदस्य रहि कार्यकाल सम्पन्न गरेका छन ।  सबैको साझा एनआरएन बनाउन विश्वसिलो वतावरण बनाउदै एकता र पारदर्शिता बनाउन आपनो उम्मेदवारी दिएको सुवेदीले बताए । एनआरएन आईसिसिको आगमि अधिवेशन अक्टोबर महिनामा काठमान्डौमा हुने छ । 

टोकियोमा नेपाली रक म्यूजिकसगै लाउन्ज एन्ड बार संचालन

टोकियो टोकियोको नेपाली टाउनले उपमा पाएको ओकोबुमा नेपाली संगित सहितको रेष्टुरेन्ट संचालनमा आएको छ । अग्रज गायक ईश्वर गुरुङले संयोजन गर्नु भएको एवं युवा पुस्ताका गायकहरुलाई...

निष्पक्ष न्युज

3237 POSTS
0 COMMENTS