टोकियो
टोकियोको नेपाली टाउनले उपमा पाएको ओकोबुमा नेपाली संगित सहितको रेष्टुरेन्ट संचालनमा आएको छ ।
अग्रज गायक ईश्वर गुरुङले संयोजन गर्नु भएको एवं युवा पुस्ताका गायकहरुलाई गायनसगै ब्यबसायको सहकार्यमा नमस्ते सिसा लाउन्ज एन्ड बार नामकरण गरिएको रेष्टुरेन्टको एनआरएन जापानका आईसिसि सदस्य रविन शेरचनले आईतबार शुभरम्भा गरेका हुन ।
नेपाल जापान सास्कृतिक प्रतिष्ठानको समन्वयमा करिब दुई करोडको लगानीमा तयार भएको रेष्टुरेन्टमा लाईभ म्यूजिक सहित नेपाली परिकारको सेवा रहेको छ । भ्वाईस अफ नेपालमा जापानबाट सहभागि भएका कुमार गुरुङ”काले भाई” सहित मर्करी ब्यान्डको सांगितिक प्रस्तुत रहेन गायक ईश्वर गुरुङले बताए । लगानि देखि प्रस्तुति सम्म यो युवा पुस्ता र अग्रज पुस्ता विचको कम्बिनेशनमा यो कन्सेप्ट तयार भएको गुरुङले बताए ।
जापानमा लामो समय ब्यबसाय र समाजसेवामा सक्रिय ईश्वर गुरुङ, रविन शेरचन, शिवहरी पौडेल, विजय थकाली र गायक कुमार गुरुङ टिमको लगानी रहेको रेष्टुरेन्टमा, जापानमा पनि नेपाली संगित सुन्दै नेपाली स्वादमा खाना पाउने रेष्टुरेन्ट संचालन गर्ने जमर्को गरेको लगानि कर्ता मध्ये एक शिवहरी पौडेलले बताए ।