नेपाली नयाँ बर्ष २०८२ को स्वागतमा तमुधीं जापानले टोकियोमा फुटबल प्रतियोगिता गर्ने ।

टोकियो

बिक्रम सम्वत २०८२ सालको स्वागतमा स्वस्थ्य र मित्रतताका लागि खेलकूद भन्ने नारा सहित तमुधीं जापानको आयोजनमा चौथो तमू धीं जापान कप फुटबल रनिङ प्रतियोगिता गर्ने भएको छ ।

नेपालको नयां बर्षको उपलक्ष्यमा जापानमा छरिएर रहेका जापानबासी नेपालीहरु विच नयाँ बर्ष २०८२ को उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित खेलसगै तमु धिं जापानका साँस्कृतिक विभागले तमु सस्कृतीको प्रस्तुती सहित प्रतियोगिता हुने तमुधीं जापानका खेलकूद संयोजक बुद्द तमु (आन्द्रे) ले जानकारी दिनुभयो ।

कुल ३२ टिमलाई सहभागिता गराईने लक्ष्य सहित प्रतियोगितामा आयोजना गरिने भएको छ । प्रथम हुने टोलिले ट्रफि, प्रमाण पत्र सहित प्रथम पुरस्कार नगद चार लाख येन (४० मान) प्राप्त गर्ने छनभने दितिया हुने टोलिले २ लाख (२० मान ) प्राप्त गर्ने छ, त्यसैगरी सेमी फाइनलमा पुग्ने २ टिमलाई ५० हजार येन (५/५ मान ) सहित उत्कृष्ट गोलकिपर फरवार्ड ,रक्षक र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने संयोजक तमुले बताउनु भयो ।

प्रतियोगिता फिफा नियम अनुसार चिवा केनको किता कोगाने फुटबल मैदानमा २० अप्रिल विहान १० बजेबाट संचालन हुने प्रतियोगितामा आफ्नो टिमलाई सहभागिता जनाईदिन एवं खेल हेरिदिन आयोजक तमुधीं जापानले सबैमा अनुरोध पनि गरेको छ ।

ताजा समाचार