झापा
झापाको कचनकवलमा दुई जना मृत भेटिएका छन्।
कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनाका राजेश गणेश र पवित्रा राजवंशीको शव एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गराज रेग्मीले बताए ।
उनका अनुसार दुबै जनाले सोमबार राति आत्महत्या गरेका हुन्।
स्थानीयका अनुसार उनीहरू दुबै जना चिया बगानमा काम गर्थे।
केही महिनाअघि दुबै जनाले भागेर विवाह गरेका थिए। केटा पक्षले भागी विवाहलाई स्वीकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको स्थानीयले बताएका छन्। केटीको बुबाले प्रहरीमा केटाविरूद्ध उजुरी गरेका थिए। प्रेम विवाहलाई परिवारले स्वीकार गर्न नसक्दा उनीहरूले आत्महत्या रोजेको स्थानीयको भनाइ छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।