टोकियो
नेपाली समुदायलाई जापानको कानूनी व्यवस्था, सुरक्षा प्रणाली तथा जापानकोकानुन,सामाजिक मापदण्डबारे र व्यावहारिकजानकारी सहितको अभिमुखीकरण सम्पन्न भएको छ ।
कार्यक्रममाजापानको नियमकानून, ठगी तथा गैरकानूनी कार्यबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतकाविषयमा केन्द्रीत कार्यक्रममाआत्म सुरक्षासम्बन्धी आधारभूत प्राविधिक ज्ञानसमेत प्रस्तुतगरिएको थियो।
सो अवसरमा जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले दूतबास मार्फत प्रदान गरिने सेवासुविधामा ढिलाइ वा असुविधा भएमासिधै आफूलाई जानकारी गराउन सहभागीहरूलाई आग्रह गर्नुभयो। साथै उहाँले नेपाल–जापानबीचको मित्रता, आपसी सहयोग तथा सांस्कृतिक, सामाजिक सम्बन्धलाईअझ प्रगाढ बनाउन आगामी दिनमा यस्ता कार्यक्रमहरूको निरन्तर आवश्यकता रहेको कुरामा जोडदिनुभयो।
त्यस्तै, टोक्यो महानगर प्रहरीका वरिष्ठ अधिकृतहरूले जापानमा सुरक्षित र व्यवस्थित जीवनयापनकालागि आवश्यक कानूनी प्रावधान, दैनिक जीवनमा अपनाउनुपर्ने सावधानी तथा व्यावहारिकउपायहरूबारे विस्तृत जानकारी दिनुभयो।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष श्री सुभाष लामिछाने, बिषेसज्ञ समिति सदस्य जिज्ञान कुमारथापा र महिला सचिव ललिता तामाङले पनि आफ्नो विचार व्यक्त गर्दै जापानमा रहेका नेपालीसमूदयको हितमा यस्ता कार्यक्रमहरू अत्यन्त उपयोगी र समयानुकूल भएको धारणा राख्नुभयो।
यसैविच गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले बढ्दो नेपालीको जनसख्यालाई सरल सेवा दिने उदेष्यले ‘कार्यालय सचिव’नियुक्त गरेको छ ।
सेप्टेम्बर १, देखी संघको टोकियो शिन-ओकुबोस्थित कार्यालयमा नियमित रूपमा सेवाका लागि सुजन पन्तलाई नियुक्त गरेको जानकारी संघका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए ।
कार्यलय सचिव पन्तले सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजे देखी बेलुकी ५ बजेसम्म (शनिबार, आइतबार र सार्वजनिक विदा बाहेक) कार्यालयबाट सेवा लिन प्रवक्ता रविन शर्माले जानकारी दिए ।
एनआरएनए जापानका अनुसार कार्यलयबाट सेवाका लागि हटलाइन नम्बर 080-6352-8286 सार्वजनिक गरेको छ। यदि फोन व्यस्त भएमा वा कार्यालय समय बाहिर परेमा, सोही नम्बरमा Viber मार्फत म्यासेज गरेर पनि सेवा लिन सकिने व्यवस्था गरिएको छ।