टोकियो
आईतबार जापानको टोकियोमा सम्पन्न भएको डान्सिङ क्विन’ प्रतियोगिताको उपाधी १७ बर्षिय दिब्या नेपालले जित्न सफल भएका छन ।

निष्पक्ष न्यूजको आयोजनाम नारीहरुको पर्व तिजको अवशरमा अनलाईन मार्फत प्राप्त भएको भिडियो मध्ये उत्कृष्ट १० को छनौटगरी अक्टोबर २ तारिक टोकियोमा फाईनल राउन्डको प्रस्तुती पछि १० जनालाई पछाडी पार्दै चितवानका दिब्या नेपालले उपाधी सहित नगद ५० हजार जापानिज येन प्राप्त गरेका हुन ।
विजेता नेपाललाइ कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल एयारलाईन्स जापानका स्टेशन म्यानेजर गौरबी चन्द शाहले नगद सहित क्राउन प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
नेपाली गित तथा नृत्यमा डिप्लोमा गर्नु भएका जापानिज नागरिक युको ओकामोतो एवं युवा उद्यमी कामना भन्डारी रहेको निर्णयक मन्डलले दिएको नम्बर अनुसार फस्ट रनरअपमा टिष्टी पौडेल सेकेन्ड रनरअपमा सजना कौशल तथा थर्ड रनरअप अन्नदिता सुवेदी हुन सफल भएको थियो ।

उपाधी विजेताहरुलाई निर्णयहरु युको ओकामोतो, कामना भन्डारी सहित प्रमुख अतिथी गौरवी चन्द शाह, अतिथीहरु एनआरएन जापानका उपाध्यक्ष संगिता अधिकारी, महासचिव सिद्दार्थ श्रेष्ठ, कास्कि पोखरा समाजका अध्यक्ष विश्व सुवेदी, ब्यवसायी शिवहरी पौडेल, निष्पक्ष न्यूजका निर्देशक एनि शेरचन, बिकास श्रेष्ठ लगाएतले पुरस्कार प्रमाण पत्र प्रदान गरेका थिए ।

नारीहरुको चाड तिजको अवशरमा अनलाईनबाट प्राप्त भएको ५३ जना सहभागिहरुबाट टप १० को छनौट गरि टप टेन प्रतियोगिहरुले फाईनल राउन्डमा प्रस्तुती मार्फत विजेता छानिएको प्रतियोगिताका संयोजक शिक्षा शान्ती वाईवाले जानकारी दिनुभयो ।

अनमोल मिडिया प्रा.लिले संचालन गरिरहेको निष्पक्ष न्यूजले पहिल सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना यो पहिलो कार्यक्रम हो । सूचना, मनोरन्जन सहितको साप्ताहिक सहितको कार्यक्रम गरिरहेको निष्पक्ष न्यूजले सामाजिक चासोका विषयहरुमा विभिन्न कार्यक्रम गर्ने पनि जानकारी दिएको थियो ।
अनमोल मिडियाका निर्देशक एनि शेरचनको अध्यक्षतमा सम्मपन्न कार्यक्रममा जापानमा क्रियाशिल बिभिन्न संघ सस्थाका अध्सयक्षहरुको सहभागितामा सम्पन्न भएको थियो ।


