नारीहरुको पर्व तीजमा नगद पुरस्कार सहितको ‘तिज डान्सिङ क्विन’ प्रतियोगिता हुने

टोकियो

जापानमा रहेका नेपाली चेलीहरुका लागि यस बर्षको हरितालिका तीजको अवसरमा ‘तीज डान्सिङ क्विन’  हुने भएको छ । 

‘मनाऔं तीज खुशियाली बाँढेर, प्रतिभा देखाऔं छमछमी नाचेर’ भन्ने अभियानका साथ जापानमा रहेका नृत्य प्रति रुचि राख्‍ने नारीहरुलेसहभागिता जनाउन सक्ने गरी प्रतियोगिता आयोजना गरिएको निपष्क्ष न्यूजले जानकारी दिएको छ । 

सौभाग्य र नारी अधिकारका लागि उत्सवका साथ मनाईने हरितालिका तिजमा यस बर्ष तिजको रमाईलो सगै उत्कृष्ट नृत्य प्रस्तुत गर्नेसहभागी मध्ये प्रथम हुनेले ५० हजार जापानी यान, दोश्रो हुनेले ४० हजार जापानी यान, र तृतीय हुनेले ३० हजार जापानी  यन सहितट्रफि प्राप्त गर्ने भएका छन । 

प्रतियोगितामा सहभागि हुन चाहानेहरुले आफुले घरमा नै २ मिनेट सम्मको तिजको गितमा नृत्य गरेको भिडियो निष्पक्ष न्यूजकोफेसबुकमा वा निष्पक्षन्यूजको 08047262061 को ह्वाटसएपमा पठाई सहभागि हुन सक्ने प्रतियोगिताका संयोजक शिक्षा शान्तिवाईवाले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि प्राप्त भएका भिडियोहरुलाई निर्णयक मण्डले छनौट गरेपछि फाईनल राउण्ड प्रवेश गराई अन्तिम अर्थात् फाईनलराउण्डमा प्रत्यक्ष नृत्य गराई उत्कृष्ट तीन जनालाई छनौट गरी पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

ताजा समाचार