डा. सुमन श्रेष्ठ
गर्मीमा हुने हिट स्ट्रोक (heat stroke) के हो र यसबाट हुने सक्ने समस्या र त्यसलाई बुझ्न सकिए अकस्मात हुने स्वास्थ्य घात, अचेत अवस्था र अकालमा हुने मृत्यु बाट जोगिन कसरी सकिन्छ ?
एक्कासी गर्मी बेसी भएर धेरै पसिना आइराखे पश्चात पहिले मांशपेसी हरूमा ऐंठन (muscle spasm) हुनसक्छ । यसकाे कारण मांशपेसीलाई काम गर्न चाहिने नुन पसिना सँगै शरीरबाट बाहिरिनुले हाे । पसिना बनाउने ग्रन्थीले पनि रगतबाट पानी र नुन लिने गर्छ र धेरै पसिना आएमा मानिसलाई निर्जलिकरण (dehydration) काे समस्या देखा पर्छ । यस्तो बेला पानी प्रशस्त पिउने गर्नुपर्छ, जिवनजल जस्तो rehydration solution लिनुपर्छ; जापानमा पोकारी स्वेट (pocari sweat) यस्तै समयमा पिउनु उपयुक्त हुन्छ । याे भन्दा अलि बेसि खतरा गर्मीले गराउने थकान heat exhaustion ले गर्दा हुन्छ ।
यसका लक्षणहरू
- शरीरको तापक्रम बेसी हुनु, ज्वरो आउनु
- टाउको दुख्नु, चक्कर लाग्नु
- अत्याधिक पसिना आउनु, छाला सुक्का हुनु, र तिर्खा बेसि लाग्नु
- कमजोरी भएको महसुस हुनु, श्वास प्रश्वास बेसि भएको जस्तो मुटुको चाल बेसि भएको जस्तो महसुस हुनु
- बच्चाहरूको खण्डमा न्याउरो देखिनु, कमजोर र निद्रा मात्र बेसि लाग्नु आदि हुन ।
यस्तो अवस्थामा आधा घण्टा भित्रमा विरामीलाई चिसो ठाउँमा जाने- पल्टिएर वा सुतेर खुट्टा थोरै माथि बनाएर राख्ने प्रश्सस्त पानी पिउने वा पोकारी जस्तो (गुलियो) रिहाइड्रेसन पेय पदार्थ पिउने
- चिसो पानीले स्नान लिने र शरीरलाई सकेसम्म चिसो बनाउन – पानीले छम्किने, पानी पट्टी गर्ने, काखी र घाँटीतिर cold sponging गरी, प्रयत्न गर्नुपर्छ । यस्तो गरिएन भने heat stroke , गर्मिका का कारण स्ट्राेक वा पक्षघात हुन सक्छ । यो घातक हुन्छ र यसका लक्षण बुझिएन अस्पतालमा समयमा लगिएन भने अकालमा मृत्युवरण गर्नु पर्ने अवस्था सृजना हुन्छ ।
- आधा घण्टा चिसो ठाउँमा आराम गर्दा पनि अस्वस्थ कमजोरी महसुस हुने १०४ फरेनहाइट डिग्री वा ४० सेल्सियस डिग्रीभन्दा बेसी ज्वरो आउने,तातो महसुस हुँदा पनि पसिना आउन बन्द हुने, नआउने
- श्वास प्रश्वासको दर बढ्दै जाने अचेत हुन थाल्ने अन्तिममा बेहोस हुने ।
यस्तो बेला बिरामीलाई भर्ना गरेर केही दिन उपचार गर्नुपर्ने हुन्छ। ऐम्बुलेन्स आउनु अघि सकेसम्म चिसो पानिमा शरीर डुबाउने, बरफहरु घांटी, काखी, जांग तिर राखेर रगत नली हरु चिस्याउन सहयोग पुग्ने गरि बरफहरु प्रयोग गर्नु पर्छ l छैन भने चिसो पानि ले छमकिने, भित्रि शरीरको तापक्रम घटाउन सके कम अस्पताल पुग्नु अघि क्षति हुन बाट जोगाउन सकिन्छ l
बालबालिका, वृद्ध र दिर्घ रोग जस्तै मधुमेह (diabetes), मुटुरोगी भएकाहरूले विशेष ख्याल गर्नुपर्छ ।
अत्याधिक गर्मी हुँदा गाडा रंगको पहिरन नलगाउने, हल्का रंगका खुकुलो लुगा लगाउने, व्यायाम गर्नेले पसिना धेरै आउँदा पोकारी जस्ता जीवन जल पानी पिउने, चिसो पानीले स्नान गर्ने दिनको चर्को घामबाट बच्ने, बेला बेलामा छालामा चिसो पानी वा स्प्रे छर्किने, धेरै रक्सी सेवन नगर्ने, गर्मीले निम्त्याउने यस्ता स्वास्थ्य समस्याबाट जोगिन मद्धत मिल्दछ ।
यी यस्ता स्वास्थ्य जनचेतनाका सामाग्रीहरू आफू पनि बुझौ अरूलाई पनि बुझाऔं ।
(डा. श्रेष्ठ गुन्मा युनिभर्सिटि मेडिकल अस्पतालमा डायगनोस्टिक रेडियोलोजी तथा न्युक्लिएर मेडिसिन विभागबाट विधावारिधि हासिल गरि एड्भान्स क्लिनिकल ट्रेनिका रूपमा इन्टरभेन्सनल रेडियोलोजि विषयमा तालिमरत हुनुहुन्छ)