जापानको टोकियोमा पोखराबासीको भेला र शुभकामना कार्यक्रम सम्पन्न

नयॅा बर्ष २०२२ को अवशरपारी कास्की पोखरा समाज, जापानले भेटधाट सहित नया बर्षको २०२२शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

आईतबार सम्पन्न कार्यक्रममा कास्की पोखराबाट जापान आई बिभिन्न पेशा ब्यवसाय गरी रहेका पोखरेलीहरुका विच नयां बर्षको शुभकामना आदन प्रदान सहित भेटधाट कार्यक्रमको आयोजना गरिएको कास्की पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल, निवर्तमान अध्यक्ष बिकास श्रेष्ठ, एनआरएन जापानका महिला संयोजक अन्जु भन्डारी, कमल बास्तोला लगायतले शुभकामना सहित समाजको आवस्यकता र जिम्वेवारीका बारेका मतब्य ब्यक्त गरेको कास्की पोखरा समाज जापानका प्रवक्ता दिपक सुनारले बताउनु भयो ।

कोरोना प्रोटकललाई मध्यनजर गरी कार्यक्रम टोकियोको हाराजुकु पार्कमा सम्पन्न भएको थियो ।

ताजा समाचार