जापानको ओसाकामा आगो लगाउने ब्यक्ति पत्ता लागेको प्रहरीको दावि, आगलागिमा कम्तिमा २४ को मृत्यू

टोकियो

जापानको दोश्रो ठुलो शहर ओसकाको एक भवनमा शुक्रबार आगलागिमा परि कम्तिमा २४ जनाको मृत्यू भएको छभने अन्य ४ जनाको अवस्था पनि चिन्ता जनक रहेको छ ।

प्रहरीले शुक्रबार राति नै उक्त भवनमा आगो लगाएको आशंकमा ६१ बर्षिय एक पुरुषलाई प्रक्राउ गरिएको जनाएको छ । उक्त पुरुष आगलागि भएको भवन नजिकै बस्ने बताईएको छ। तर ति ब्यक्तिले के कारणले आगो लगाएको हो त्यसको विवरण भने केहि पनि खुलाईएको छैन ।

आगलागि भएको भवनको चौथौ तल्लमा रहेको क्रिल्निकमा रहेका मध्ये २८ जनालाई हस्पिटल लगिएकोमा १४ पुरुष र १० महिला गरि २४ जनाको मृत्यू भएको एनएचकेले छ ।

प्रहरीले आगलागिको कारण पत्ता लगाउन अनुसन्धन शुरु गरेसगै उक्त ब्यक्तिको ब्यवहार संकास्पद रहेको जनाकारी दिएको छ । उक्त ब्यक्तिले झोलामा सजिलै जल्ने कागज र जल्न सघाउने तरल पर्दार्थ प्रयोग गरि आगो जलाएको हुन सक्ने बताईएको छ ।

आगोलागि करिब ३०-४५ मिनेटमा नियन्त्रण गरेपनि चौथौ तल्लामा घुवामा निस्सासिएको ब्यक्तिहरुलाई अग्नि नियन्त्रकहरुले उद्दार गरि हस्पिटल लगेका थिए । हस्पिटलमा उपचार गराईरहेका अन्य ४ जनाको अवस्था पनि क्रिट्रिकल रहेको एनएचकेले जनाएको छ ।

ताजा समाचार