सबैलाई स्वागत गर्दै जापान, पहिलो लटमा विद्यार्थी,व्यवसायी र प्राविधिक कामदार


टोकियो

सोमबारबाट जापानले विद्यार्थी,व्यवसायी, प्राविधिक सहित डिपेन्डेन्ट भिषालाई जापान प्रवेशलाई खुल्ला गरेको छ ।

जापान सरकारले आजबाट लागु भएको नया नियम अनुसार बिद्यार्थी, कामदार र प्राबिधिक प्रशिक्षार्थीले जापान प्रवेश गर्नका लागि जापान सरकारले जारी गरेको कागजपत्र सहित आवेदन दिनुपर्ने ब्यबस्था गरिएको छ । सोमबारबाट जापान भित्रने विद्यार्थीका हकमा बिद्यालयको कागजपत्र, कामदारको हकमा कम्पनीकोको आधिकारीक पत्र र प्राबिधिक प्रशिक्षार्थीका हकमा सम्बन्धित कम्पनीले अध्यागमन बिभाग समक्ष विभिन्न कागजपत्रहरु पेश गरी आबेदन दिनुपर्ने हुन्छ ।

जापान सरकारले जारी गरेको सिओईको म्याद २०२० को जनवरी १ देखि २०२१ मार्च ३१ सम्म जारी गरेको सिओइको म्याद २०२२ को अप्रिल ३० तारिख सम्म कायम रहने अध्यागमन विभागले जानकारी दिएको छ ।

त्यसैगरी पुनः जापान प्रवेश गर्नेहरुले कोरना बिरुद्दको खोप लगाएको भएपनि ३ दिन विमानस्थलको क्वारेन्टाइन सहित १४ दिन बस्नुपर्ने व्यवस्था गरिएको छ । जापान प्रवेश गर्ने नया प्रबेशिले भने क्वारेन्टाइन अबधीमा छुट पाउन जापान सरकारले मान्यता दिएको खोप लगाएको हुनुपर्ने छ ।

सोमबार जारी गरिएको सूचनामा पर्यटन लगायतका भिषाहरु भने अवस्था हेरी खुल्ला गरिने पनि सूचनामा भनिएको छ ।

ताजा समाचार