टोकियो
कोभिड १९ पछि जापान प्रवेशमा प्रतिबन्ध लगाएको जापानले कोरोना संक्रमण नियन्त्रणमा आएको भन्दै जापान प्रवेश गर्न सहज बनाउने निति नियमहरुलाई परिमार्जित गर्ने कामलाई तिब्रता दिएको छ ।
जापान सरकारले जापान प्रवेशका लागि जारी गरेको (सिओइ प्राप्त) बिदेशीहरुलाई सहज तरिकाले जापान प्रवेश गर्न बनाईएका नियमहरुलाई परिमार्जन गर्ने काम भईरहेको समाचार एजेन्सिहरुले जनाएका छन ।
जापान सरकारले अहिले पारिवारिक भिषा वहाकलाई तिन दिन आफैले ब्यबस्थापन गर्नेगरी जापान प्रवेशमा अनुमति दिएको छ भने नोभम्बर महिना भित्र विद्यार्थी र ट्रेनिङ क्षेत्रमा (सिईओ) पाएका एवं ब्यवसायीहरुलाई उच्च प्राथमिकतामा राखि सबै नियमहरु परिमार्जित गर्ने काम शुरु भएको संचार माध्यमहरुले जनाएका छन् । तर पनि जापान सरकारले कुन मितिबाट जापान आउन दिन हो त्यसको मिति भने तोकिसकेको छैन ।
हाल दैनिक ३ हजार ५०० जनाले जापान प्रवेश पाइरहेकोमा त्यसलाई थप गर्दै ५ हजार पुर्र्याउने तयारी थालेको छ। जापान सरकारले क्वारेन्टाइन नीतिमा पनि परिवर्तन गर्दै जापानले पुनः प्रवेश गर्ने र ब्यबसायीक उद्देश्यले छोटो अवधिका लागि जापान प्रवेश गर्नेहरुका लागि कम्तिमा ३ दिन आफैले क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरेको छ । तर कोरोना बिरुद्दको खोप नलगाएका र जापानले स्वीकृत नगरेको खोप लगाएकाहरु यो नियम भित्र समेटिएका छैनन् ।