उदय सुबेदी
टोकियो । जापानमा ओबोन (गर्मी )बिदा सकिएसँगै घर फर्किने यात्रुहरूको लाईन लामो रहेको छ। देशभरका प्रमुख रेल तथा हवाई यातायात सेवामा यात्रुको चाप उच्च बिन्दुमा पुगेको छ।
रेलवे कम्पनीहरूका अनुसार टोकियो, ओसाका र नागोया जस्ता प्रमुख सहरहरूलाई जोड्ने शिन्कान्सेन (बुलेट ट्रेन) सेवामा अधिकांश सिटहरू अग्रिम रूपमा बुक भइसकेका छन्। विशेषगरी बिहान र साँझका समयका ट्रेनहरूमा अत्यधिक भीड देखिएको छ।
त्यसैगरी हवाई सेवामा पनि यात्रुको चाप उल्लेख्य रूपमा बढेको छ। घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरूमा टिकट अभाव देखिनुका साथै विमानस्थलहरूमा यात्रुहरूको लामो लाइन देखिएको छ।
यातायात कम्पनीहरूले यात्रुहरूलाई समयमै यात्रा योजना बनाउन र भीड व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन्। मौसम र अत्यधिक भीडका कारण केही उडान तथा रेल सेवामा सामान्य ढिलाइसमेत भएको जनाइएको छ।
