टोकियो । उज्यालो नेपाल पार्टीसम्बद्ध प्रवास संगठन ‘उज्यालो नेपाल डायस्पोरा काउन्सिल’ जापान शाखाको तदर्थ समिति गठन गरिएको छ। जापानको ओमेस्थित कामानोफुजी पार्कमा सम्पन्न प्रथम भेलाले एलबी तामाङको संयोजकत्वमा तदर्थ समिति चयन गरेको हो।
भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रको विकासमार्फत मात्र देशमा समृद्धि हासिल गर्न सकिने र रोजगारीका अवसर सिर्जना हुने बताउनुभयो। उहाँले ऊर्जा क्षेत्रको वास्तविक विकास उज्यालो नेपाल पार्टीबाट मात्र सम्भव रहेको दाबी गर्नुभयो।
त्यसैगरी पार्टीका केन्द्रीय सचिव तथा प्रवास विभाग प्रमुख सुमी लामा मोक्तानले नेपालको समग्र विकासमा प्रवासी नेपालीहरूको महत्वपूर्ण योगदान रहने बताउनुभयो।
नवगठित समितिको उपसंयोजकमा पूर्ण पाख्रिन, भूपेन्द्र गोले र महेन्द्रराज पन्त चयन हुनुभएको छ। सचिवमा कविता तामाङ, कोषाध्यक्षमा ताराबहादुर तामाङ तथा महिला संयोजकमा रुबिना तामाङ चयन हुनुभएको छ।
समितिका सदस्यहरूमा कर्मावाङगेल लामा, टोलनाथ गौतम, दिनेशकुमार मगर, आङनुरु शेर्पा, ठाकुर गुरुङ, सहदेव तामाङ, पदम गुरुङ, रिना गुरुङ, प्रकाश ग्लान, रुपा ग्लान र सिमन दोङ चयन हुनुभएको छ।
एलबी तामाङको सभापतित्वमा सम्पन्न भेलाले जापानमा संगठनलाई विस्तार गर्दै प्रवासी नेपालीहरूलाई संगठित र नेपालको विकासमा योगदान पुर्याउने उद्देश्यसहित आगामी गतिविधि अघि बढाउने जनाएको छ।