जापानको टोकियोमा पहिलो पटक हुन लागेको एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स जापानको तयारी पुरा

टोकियो। विश्वभर रहेका नेपाली सञ्चारकर्मी तथा सञ्चार क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स जापान–२०२६ आगामी जुलाई २५ (शनिबार) टोकियोमा आयोजना हुने भएको छ।

टोकियोको सेन्ट लुक्स गार्डेन टावर, आकाशिचो, चुओ सिटी मा हुने सम्मेलनको मूल नारा “Bridging Nepal and the World Through Media: The Voice of the Diaspora” अर्थात् “सञ्चारमार्फत नेपाल र विश्वलाई जोड्दैः प्रवासी आवाज” रहेको छ।

सम्मेलनको आयोजना एफएनजे जापान शाखा ले गर्नेछ भने एफएनजे युरोप, बेलायत, बेल्जियम, यूएई, कुवेत, कतार, दक्षिण कोरिया, भारत शाखा, एनईएजेए (अमेरिका) तथा एएनजेए (अष्ट्रेलिया) सह–आयोजकका रूपमा सहभागी रहनेछन्।

कार्यक्रममा प्रवासी नेपाली सञ्चारकर्मीहरूको भूमिका, विश्वभरका नेपाली मिडियाबीच सहकार्य विस्तार, डिजिटल पत्रकारिताको भविष्य, सूचना आदानप्रदान तथा अन्तर्राष्ट्रिय सञ्जाल सुदृढीकरणलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सम्मेलनका मुख्य साझेदारका रूपमा स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट रहेका छन् भने फ्रन्ट अप ई–सिम इभेन्ट पार्टनरका रूपमा सहभागी रहेको आयोजकले जनाएको छ।

ताजा समाचार