युएईबाट जापानमा करिब २१५ किलो लागूऔषध तस्करी गरेको आरोपमा २ नेपाली पक्राउ

टोकियो । जापानमा ठूलो परिमाणमा लागूऔषध तस्करी प्रकरणमा दुई नेपालीसहित तीन जना पक्राउ परेका छन्। जापानी सञ्चारमाध्यमका अनुसार करिब २१५ किलो “काकुसेइजाइ” (स्टिमुलन्ट प्रकारको लागूऔषध) कन्टेनरमा लुकाएर जापान भित्राइएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

बरामद गरिएको लागूऔषधको अनुमानित बजार मूल्य करिब ११ अर्ब ४० करोड येन रहेको बताइएको छ।

पक्राउ पर्नेहरूमा गिरी कृष्ण, भण्डारी सागर तथा बेलायती नागरिक मोहम्मद आबेद रहेका छन्। उनीहरूमध्ये गिरी कृष्ण र भण्डारी सागर टोयोकावा शहर निवासी भएको जनाइएको छ।

समाचार अनुसार उनीहरूले जनवरी २६ देखि मार्च १० सम्म संयुक्त अरब इमिरेट्स बाट कोबे बन्दरगाह हुँदै जापानमा लागूऔषध तस्करी गरेको आरोप लागेको छ।

यस घटनाले जापानमा बढ्दो अन्तर्राष्ट्रिय लागूऔषध जापानमामा केन्द्र बनाउन यति ठुलो परिमाणमा तस्करी गरिएको अनुमान गरिएको छ ।

ताजा समाचार