टोकियोमा पाठशाला ईन्टरनेश्नल स्कूल


टोकियो

व्यवहारिक  सहभागितामूलक सिकाइ पद्धतिमा आधारित शैक्षिक योजना सहित टोकियोको ईताबासिमा “पाठशाला ईन्टरनेश्नल स्कुल” सञ्चालनमा आएको  । 

नेपाली समुदायका बालबालिका, जापानिज नागरिक, जापानमा बसोवास गर्ने अन्य विदेशी समुदायलाई लक्षित गरी स्थापनागरिएको यस विद्यालयले “प्रोग्रेसिभ कोर मेथड”मा आधारित गुणस्तरीयआधुनिक  प्रगतिशीलशिक्षामार्फत बालबालिकाको  विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको बिद्यालयका सिईओ (CEO) शारदा खडकाले जानकारी दिनुभयो । 

विदेशमा आफ्ना नानीबाबुहरूलाई नेपाली मातृभाषासंस्कार सहित अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गरियो योजना रहेको सिईओ खडकाले बताउनु भयो ।

विद्यालयले हालै सार्वजनिक गरेको आफ्नो पाठ्यक्रममा परम्परागत घोकन्ते शिक्षाभन्दा फरक शिक्षण प्रद्दतीलाई अगल्दै अभिभावकहरूको चाहनालाई यस विद्यालयले सम्बोधन गर्न “प्रोग्रेसिभ कोर मेथड” शिक्षण विधिअन्तर्गत विद्यार्थीहरूलाई कक्षाकोठाभित्र सीमित नराखी सक्रिय छलफलसमूहकार्यक्षमता विकास तथा वास्तविक जीवनका समस्याहरुको पहिचान र त्यसको समाधानमा सहभागी गराइनेव्यवस्था गरिएको छ। 

यसले बालबालिकामा रचनात्मकसोचको बिकास  आत्मविश्वास बनाउन सहयोगि हुने बिद्यालयले विस्वास लिएको छ ।  

ताजा समाचार