टोकियो, योकोहाममा शनिबार सम्पन्न समुहिक(Group Dance) प्रतियोगितामा पुन क्लब जापान प्रथम स्थान प्राप्त गर्दै दुई लाख येनको नगद पुरस्कार जित्न सफल भएको छ ।
नृ्त्य निर्देशक एवं कलाकार केवल गुरुङले जापानमा संचालन गरेको एनके डान्स स्टुडियो (NK Dance Studio Tokyo) को आयोजनामा पहिलो पटक आयोजना गरेको सामुहिक सांस्कृतिक नृत्य प्रतियोगितामा दोश्रो स्थान नाटराज नृत्य समूह तथा तेश्रो स्थान तमुधीं जापान सांस्कृतिक समुहले प्राप्त गरेका छ । प्रतियोगितामा दोश्रो हुने समुहले ५० हजार येन साथमा ट्रफि र प्रमाण पत्र र तेश्रो हुने समुहले ३० हजार येन साथमा ट्रफि र प्रमाण पत्र प्राप्त गरेका थिए भने पहिलो हुने समुहले पनि नगद सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको संचालक केवल गुरुङले निष्पक्ष न्यूजलाई जानकारी दिए ।
आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष श्री गुरुङको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा विशेष अतिथि तमुधीं जापानका अध्यक्ष हिमाली गुरुङ, तमुधी जापानको पूर्वअध्यक्ष हर्क गुरुङ, कलाकार अमर गुरुङ लगायताका अतिथिहरुले विजेता समुहलाई पुरस्कार वितरण गरेका थिए ।
नेपाली मौलिक तथा गुरुङ कला संस्कृतिलाई कलाकारहरुले नृत्यमा प्रस्तुत गरेका थिए । प्रतियोगिताको निर्णयकहरुमा कलाकार अरमान गुरुङ, मिरा मिश्र र सागर थापा रहेको थिए ।
विदेशमा बसोबास गर्ने नेपालीहरुमा मौलिक सस्कृतिको जर्गेर्न एवं पुस्ता हस्तान्तरणमा यस्ता कार्यक्रमले सहयोग पुर्याउने आयोजकले विस्वास लिएको छ ।
तस्विर सौजन्य –








