नेपाल मगर संघ जापानको अध्यक्षमा भिक्टर ठाडा मगर सर्वसम्मत चयन

टोकियो

नेपाल मगर संघ जापानको २२औँ महाधिवेशनबाट भिक्टर ठाडा मगरलाई अध्यक्ष र सागर थापा मगरलाई महासचिवमा सर्वसम्मत चयन गर्दै सम्पन्न भएका छ ।

नेपाल मगर संघ नेपालका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र बहादुर पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा पुनले प्रथम सहिद लखन थापाको फोटोमा माल्यार्पण गर्दै उदघाटन गरेका थिए।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रित राना मगर, उपाध्यक्ष लोकबहादुर रोका मगर, भिम श्रीस मगर, रमेश राना मगर, माया थापा मगर, दिल पुर्जा मगर, हेम सुर्यवंशी मगर र नरेन्द्र थापा मगर रहेका छन्। सचिवको जिम्मेवारी कमल पुन मगर र दिपेन्द्र बलाल मगरले सम्हालेका छन् भने कोषाध्यक्ष ढक प्रसाद जुग्जाली मगर र सहकोषाध्यक्ष रमा राना मगर निर्वाचित भएका छन्।

सदस्यहरूमा सगुन सुर्यवंशी मगर, विकास फगामी मगर, श्रीस बुढाथोकी, कान्ता मगर, मिना पुन मगर (माया), सेवक सारु मगर, मनिता राना मगर, ज्ञानसिं काउचा मगर, अन्जन थापा मगर र लक्ष्मी अर्गेजा मगर रहेका छन्।

कार्यक्रममा जापानका विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना ब्यक्त गर्दै आगामी कार्यकालमा नेपाली समुदायको हितमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका थिए।

कार्यक्रम रामहरि खपाङ्गी मगरको सभापतित्वमा, वरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश रोका मगरको स्वागत मन्तव्य र महासचिव भिक्टर थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा समाचार