टोकियो
जापानको चिवा स्थित होटलमा हत्या भएका नेपाली युवा बादल छन्त्यालको पोष्टमार्टम रिपोर्ट परिवारलाई बुधबार दिने भनिएको भएपनि विस्तृत छानविन गर्नुपर्ने भन्दै पछि दिने जानकारी दिएको छ ।
चिवा प्रिफेक्चस्थित नरासिनो सिटीको होटेलमा सगै रात बस्न गएका २१ बर्षिय छन्यालको चक्कु प्रहारबाट मृत्यु भएको थियो ।
बुधबार प्रहरीले छन्याल परिवारलाई दिएको जानकारी अनुसार हत्या हुदां सगै होटलको रुममा बास बसेका करिब ३१ बर्षिय जापानिज महिलालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धन गरिरहेको जानकारी दिएको छन्याल परिवारले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।
आरोपि ति महिलाले प्रहरीलाई दिएको बयानमा हामि प्रेममा परेको र घर परिवारले बिवाहमा बाधा पुर्याएको भन्दै आत्महत्या गर्ने सहमति अनुसार छन्यालले चक्कुले आफैले प्रहर गरेको तर आफुले त्यसो गर्न नसकेको बयान दिएपनि प्रहरीले घटना शंस्कापद रहेको भन्दै प्रहरीले विस्तृत छानविन आवस्यक भएका कारण बुधबार पोष्टमार्टम रिपोर्ट नदिएको परिवाले बताएका छ ।
परिवारले भने बादल ति जापानिज महिलासग प्रेम भएको भएपनि विचार र उमेर नमिले भन्दै अन्तिम पटक होटेलमा भेटन गएको एवं उनको शरीरमा दुई ठुलो एवं शरिरको बिभिन्न भागमा चोट रहेको एवं अनुहारमा पनि चोट देखिएको बताउदै हत्याका दोषिलाई छानविनगरी कारबाहि गर्न माग गरेको बताउदै शवलाई पोष्टमार्टम रिपोर्टसगै बुझ्ने जानकारी दिएका छन ।
पुरानो घर म्याग्दी भएपनि छन्यालको परिवार हाल कास्कीको पोखरामा बसोबास रहेको छ ।