तमुधीं जापानको आयोजनमा २७ औ रोधींसांझ टोकियोमा सम्पन्न।

टोकियो

तमु (गुरुङ) समुदायमा संस्कृतिक चाड रोधीं जिवनको अभिन्न अंङगको रुपमा मानिने सांस्कृतिक चाड रोधींको २७ औ सस्करण तमु धीं जापानको आयोजनमा आईतबार टोकियोमा सम्पन्न भएको छ ।

जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा तमु भाषाका गायक राजबहादुर तमुले आफ्नो चर्चित गितहरु प्रस्तुत गरेका थिए ।

राजदूत सुवेदी सहित कार्यक्रममा एनआरएन आईसिसिका उपाध्यक्ष रोविन शेरचन, तमुधींका जापानका संरक्षक ओम गुरुङ, ब्यवसायि संघका अध्यक्ष विजय थकाली, एनआरएन जापानका अध्यक्ष सुभास लामिछाने, आदिबासि जनजाति महासंघका अध्यक्ष श्रीभक्त गुरुङ, जनजाति महासंघका पूर्व अध्यक्ष धुब्र भट्टाचन, हवलचन्द्र लामा एनआरएन जापानका पूर्व अध्यक्ष शिव प्रसाद पौडेल, आईसिसिका सदस्य शिवहरी पौडेल, तमुधी जापानका संरक्षक ईश्वर गुरुङ जापानमा क्रियासिल एकल जातिया सस्थाका अध्यक्षहरु लगायतका अतिथिहरुको उपस्थितमा भएको कार्यक्रमको सभापति तमु धीं जापानका अध्यक्ष हिमाली तमुले गर्नु भएको थियो ।

रोधीं सांझमा हालै निर्वाचित एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने सहितका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

२७ औ रोधीं सांझमा राजबहादुर गुरुङ सहित तमुधीं जापानको सास्कृतिक परिवारका कलाकारहरुले गित एवं गुरुङ भाषाका नृत्यहरु प्रस्तुत गरेका थिए ।

२७ रोधीं सांझका प्रमुख तस्विहरु:-

ताजा समाचार