जापानमा बढ्दो गर्मि

टोकियो

जापानमा शनिबार पनि तापक्रम उच्च बन्दै गइरहेको छ ।

विषेशगरी आज तोहोकु, कान्तो कान्लसाई गायतका क्षेत्रहरुमा उखरमाउलो गर्मि ३५ देखि ३९ डिग्री सम्म पुग्ने अनुमान जापानको मौषम विभागले जानकारी दिएको छ ।

मौसम विभागका अनुसार जापान क्षेत्र उच्च वायुमण्डलीय चापले ढाकिएकोले अधिकांश स्थानमा तापक्रम अत्यधिक बढ्नेछ।ह्योगो प्रान्तको तोयोओकामा अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। यसका अतिरिक्त इवाते, फुकुसिमा, माएबाशी, क्योतो र माइजुरु लगायतका स्थानहरूमा ३८ डिग्री, टोकियो, नागोया, फुकुओका लगायतका प्रमुख शहरहरूमा ३५ डिग्री सम्म पुग्ने देखिएको छ।

त्यसैगरी, हिजो ३९ डिग्री पुगेको होक्काइदोको कितामीमा आज पनि ३५–३६ डिग्री रहनेछ।
उच्च गर्मीका कारण हिटस्ट्रोकका कारण निधन भएको एवं दर्जनौं मानिसहरू अस्पताल भर्ना भएका खबर आईरहेका छन ।

जापानिज समाचार सस्था एनएचके दिएको जानकारी अनुसार मियागी, इबाराकी, टोकियो, साइतामा, चिबा, कानागावा, क्योटो, ओसाका, विशेषगरी तोहोकु, कान्तो फुकुइ, हिरोशिमा, नागासाकी, कागावा, यामागुची, कुमामोतो लगायत करिब ३० भन्दा बढी प्रिफेक्चरहरुमा हिटस्ट्रोकको उच्च खतरा रहेको बताइएको छ।

ताजा समाचार