टोकियो
जापानको टोकियोको आराकावा वार्डका पार्कको शौचलयमा जापानिज युवातीलाई यौन दुर्व्यवहार (यौनजन्य) गरेको आरोपमा नेपाली युवा तुफान थापालाई जापान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, थापाले २० बर्षिय युवातीलाई रेष्टुरेन्टमा भेटेको र टोकियोको आराकावा वार्डस्थित एक पार्कको मदिरा पानका लागि सगै रहेको अवस्थामा एक्कासि शौचालयले लगि यौन दुर्व्यवहार सहित अभद्र व्यवहार गरेको गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार आरोपि थापाले युवतीलाई शौचालयभित्र लगेको र शरीरमा छोएको स्वीकार गरे पनि दुर्व्यवहार (यौनजन्य) को आरोपलाई अस्वीकार गरेका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।