टोकियो
विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको आयोजनामा स्रष्टाद्वयका विशेष गजल वाचन सँगै दुई कृतिको प्रवास लोकार्पणगरी आईतबार टोकियोमा सम्पन्न भएको छ ।

लेखक विश्लेषक तथा समाजवादी दर्शनका अध्येता विश्वभक्त दुलाल आहुतिको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा गजलकार प्रमोद श्रेष्ठ र दिया शाहको गजल वाचनका साथ दुई कविता कृति शकुन आँसुको नवयुगकी सुम्निमा, भीम बिरही राईको बारुदले कोरेका अक्षरहरू प्रवास लोकार्पण सँगै खुल्ला रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली भाषाका ज्ञाता तथा साहित्यकार हारूहितो नोजु, अनेसास जापानका अध्यक्ष अरूण पौडेल, साहित्य चौतारी नेपाल जापान शाखाका अध्यक्ष सरिता ढकाल, याक्थुङ चुम्लुङका अध्यक्ष मनकुमार तुम्सा, नेपाल मगर सङ्घ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर, एनआरएन एसिया संयोजक डा. बलराम श्रेष्ठ, एनआरएन कान्तो जापानका संयोजक सागर कार्की, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानका उपाध्यक्ष विनोद स्याङ्तान, नेपाल तामाङ समाज जापानका महासचिव जनक थोकर, पूर्वी विकास नेपाल सहकार्य केन्द्रका उपाध्यक्ष पेम नुरी शेर्पा, ग्लोबल फोरम जापानका संरक्षक धन बहादुर बि. क. किराया कान्तोका अध्यक्ष ध्रुवदेव राई, अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्याल, विनेसाम जापानका संरक्षक देवी बहादुर ईङ्नाम, विनेसाम जापानका सल्लाहकार भुवन रोका, साहित्य चौतारी नेपाल जापानका संरक्षक अमरदेव बास्तोला, जापान समाचार डटकमका प्रधान सम्पादक गोकर्ण अधिकारी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

संस्थाको स्थापना विगत देखि वर्तमानसम्म संक्षिप्त इतिहासको आरोह अवरोह सल्लाहकार भुवन रोकाले सुनाउदै हामी कोही कसै सँग प्रतिस्पर्धाका लागि नभएर विशुद्ध साहित्य सिर्जनाका लागि एकीकृत भएको बताउनु भयो भने त्यसैमा आफ्नो भनाईलाई संश्लेषण गर्दै संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक देवी बहादुर ईङ्नामले सबैको प्रयास र मिहिनेतले छैटौँ स्थापना दिवस मनाउन सफल भएको बताउनु भयो।
अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्यालले आफ्नो मुक्तक संग्रह “संघर्ष १०१” परिचय गराउदै उक्त संग्रहबाट केही मुक्तकहरू पनि सुनाउनु भएको थियो। साथै कवि रोशन याक्सोको कविता संग्रह “सम्झनाको चोमोलोङमा” को पनि बिशेष प्रदर्शन गरिएको थियो।
खुल्ला रचना वाचन तर्फ क्रान्ति चेम्जोङ, अमरदेव वास्तोला, गृष्मा पौड्याल, शारदा पाण्डे, अविरल पाण्डे, समर प्रेम, राजन घले, लक्ष्मी अर्गेजा मगर, प्रविण लामा, भुवन रोका, म्यामराज राई र सम्झना चाम्लिङ्ग लगायतले वाचन गर्नुभएको थियो ।

कार्यक्रमलाई विनेसाम जापान शाखाकी सह-सचिव सयपत्री थुलुङले पहिलो चरण र संस्थाका उपाध्यक्ष शिवराज राईले दोस्रो चरण सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमका स्वागत मतब्य विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाका सदस्य कुविर लामाले दिनुभएको थियो ।
कार्यक्रममाका सभापति रविन्द्र दिखुक्पाले विशेष गजल वाचन गर्नुहुने स्रष्टाहरूलाई बधाई शुभकामना दिँदै उपस्थित प्रमुख अतिथि र अतिथिहरूलाई धन्यबादका शब्द गुच्छा समर्पण गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।