कुमामोतो नेपाली समाज जापानको चौथो अधिवेशनबाट रोशन भट्टराई अध्यक्षमा निर्वाचित

टोकियो

कुमामोतो नेपाली समाज जापानले आफ्नो चौथो अधिवेशनबाट रोशन भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा बद्री सापकोटा, महिला उपाध्यक्ष रूपा नेपाली, सचिव सुजन कटुवाल, सहसचिव कपिल तिमल्सिना र बिक्रम बी.के., कोषाध्यक्ष सन्तोष अधिकारी, सह-कोषाध्यक्ष कैलाश बुढाथोकी, र युवा संयोजक मदन गुरुङ चयन भएका छन्।

सदस्यहरूमा प्रकाश शर्मा, कृष्ण पंगेनी, गोपाल बस्नेत, गौरव सुनार, कल्पना अधिकारी, बिनीता रिमाल, पेम्बा लामा शेर्पा, सुन्दर रानाभाट, मदन पौडेल, दीपेन्द्र थापा, सरोज अधिकारी, विजय कुमार साह, प्रकाश अधिकारी, र सुदीप आचार्य रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनएका आईसीसी सदस्य छत्र दाहाल रहेका थिए । कार्यक्रममा एनआरएनए क्यूसु उपसंयोजक श्रीकृष्ण पाठकको उपस्थित रहेका थिए ।

नयाँ कार्यसमिति चयनका लागि समाजका सल्लाहकार सुरेन्द्र डंगोलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। समितिमा कुमामोतो नेपाली समाजका संस्थापक संरक्षक डा. हरि देवकोटा र पूर्वअध्यक्ष पवन अधिकारी सदस्य रहेका थिए।

कुमामोतो नेपाली समाज, जापानले यहाँ आयोजित खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। साथै, अध्ययन र रोजगारीका लागि जापान आउने नेपालीहरूको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

ताजा समाचार