टोकियो
जापानको योकोहामा स्थित मिदोरी वार्ड अन्तर्गत कामोई २ क्षेत्रमा पर्ने सडकमा लापावहीगरी सवारी दुर्घटनामा एक जनाको ज्यान गएको आरोपमा एक नेपाली युवती पक्राउ परेको छ ।
जापानिज समाचार एजेन्सीका अनुसार जुन महिनाको ८ तारिख बिहान १:४५ बजे, योकोहामा सिटीको कानागावा वार्डका ६६ वर्षीय पुरुषको मिनिबाईक पत्रिका वितरणकर्मीको बाईक आपसमा ठोक्किदा मृत्यु भएको भन्दै नेपाली युवतीलाई पक्राउ गरिएको हो । दुर्घटना पछि ति पुरुषलाई अस्पताल लगिएको थियो, अस्पतालले ति पुरुषलाई मृत घोषणा गरिदिएको थियो।
त्यस घटनापछि, मिदोरी प्रहरी कार्यालयले सोही दिन, सवारी चलाउनेक्रममा लापरवाही गरेको आरोपमा अर्को मिनीबाइक चलाइरहेकी २३ वर्षीया नेपाली महिला वितरणकर्मीलाई घटनास्थलबाटै पक्राउ गरेको थियो। अहिले प्रहरीले उनीमाथि लापरवाहीका कारण मृत्युको मुद्दामा अनुसन्धान गरिरहेको छ।