जापानको साईतामा प्रिफेक्चरमा लुटपाट गरेको आरोपमा नेपाली सहित भारतिय पक्राउ

टोकियो

जापानको राजधानी टोकियोसग जोडिएको साईतामा प्रिफेक्चरमा लुटपाटमा संलग्न भएको आरोपमा जापान प्रहरीले नेपाली नागरिक र भारतिय गरी ४ जनालाई प्रकाउ गरेको जानकारी दिएको छ ।

जापानिज समाचार एनएचकेका अनुसार तिनिहरुले करी पकाउन प्रयोग गरिने मसला अनुहारमा दलेर करिब ७८ लाख जापानिज ऐन लुटपाट गरेको जनाएको छ । लुटपाटमा सलग्न इबाराकी प्रिफेक्चरको युकी शहरमा बस्ने भारतिय नागरिक ३१ वर्षीय अमन शर्मा सहित चार जना नेपाली नागरिक रहेको छन। समाचारमा पक्राउ परेका व्यक्तिहरूले आरोप स्वीकार गरेको वा नगरेको भन्ने बारेमा प्रहरीले केहि बताएको छैन।

पक्राउको आरोपअनुसार, उनीहरूले आपसमा मिलेमतोमा मार्च १४ तारिख दिउँसो करिब ३ बजेर २० मिनेटतिर, साईतामा प्रिफेक्चरको योशिकावा शहरस्थित सडकमा हिँडिरहेका मानव संसाधन कम्पनीका ५२ वर्षीय अध्यक्षको अनुहारमा मसला जस्तो पदार्थ दल्दै आक्रमण गरेका थिए। उक्त आक्रमणका कारण उनको आँखामा चोट लागेको थियो। त्यसपछि उनीहरूले करिब ७८ लाख ऐन नगद भएको झोला लुट्ने प्रयास गरेका थिए।

अमन शर्मले सन् २०२४ को अक्टोबरदेखि उक्त कम्पनीमा काम गर्दै आएका थिए। घटनाको समयमा आफ्ना कर्मचारीहरूलाई तलब वितरण गर्न गइरहेका थिए।

प्रहरीले यो घटनालाई पूर्व योजना अनुसार गरिएको आपराधिक हमला मानेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार