टोकियो
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा पांच दिने भ्रमणमा जापान आईपुगेका छन ।
टोकियोमा बुधवारदेखि हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मंगलबार टोकियो आईपुगेका मन्त्री देउवालाई स्वागत गर्न जापावका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी सहित एनआरएन जापानका अध्यक्ष एवं काग्रेसको भातृ संगठन जनसम्पर्क समिति जापानका सभापति सहित पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
परराष्ट्र मन्त्री देउवाले जापान बसाइँका क्रममा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुका साथै २२ तारिखमा जापानी समकक्षी इवाया ताकेसीसँग दुईपक्षिय भेटवार्ता गर्ने जनाइएको छ । मन्त्री देउवा शनिवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
यसैविच गत वैशाख २० र २१ गते काठमाडौँमा आयोजित एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित एनआरएन आईसिसिका अध्यक्ष महेश श्रेष्ठ पनि मन्त्री देउवासगै जापान फर्किएका छन ।