ईन्दिरा खनाल,टोकियो
जापानको टोकियोमा मंगलबार देखि नेपाली पाठ्यक्रम सहितको एसियन ब्रिज इन्टरनेशनल स्कुलको औपचारीक शुरुवात भएको छ ।
जापानको नयां शैक्षिक क्यालेन्डर अप्रिल १ बाट शुरुहुने पूर्वसन्ध्यामा जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी तथा पूर्व मन्त्री तथा जापानको प्रतिनिधी सभाका सदस्य हिरोशी हिरागुचीले सोमबार सयुक्त रुपमा रिवनकाटी स्कुलको शुरुवात गरेका थिए ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै जापानका लागी नेपाली राजदूत डा दुर्गा वहादुर सुवेदीले बिदेशी भूमीमा नेपाली पाठ्यक्रममा अध्यापन गराईने बिद्यालय संचालनमा आउनु सकरात्मक पक्ष रहेको भन्दै निरन्तरताको शुभकामना व्यक्त गर्दै एसियान ब्रिज ईन्टरनेशनल स्कुलले जापानको नेपाली समाजलाई शिक्षा संगै संस्कृती र सभ्यताको पहिचान गराउने कुरामा अग्रसर हुन आग्रह गरे ।
उदघाटन समारोहमा बोल्दै जापानका पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सदस्य हिरोशी हिरागुचीले नेपालको शिक्षा र संस्कृतीको बिकासका लागी आफूले सहयोग गर्दै आएको बताउनुभयो उहाले नेपालको महान पर्व दशैलाई हिरोसिमामा भएका नेपालीसंग मनाएको स्मरण गर्दै शिक्षामा पनि नेपाली अगाडी रहेको जानकारी दिनुभयो ।
बिद्यालय संचालन समितीका अध्यक्ष डक्टर बलराम श्रेष्ठले बिश्वबिद्यालय सम्म संचालन गर्ने लक्ष्य रहेको स्कुलको यो पहिलो बर्ष कक्षा ४ सम्म कक्षा संचालन हुने बताए ।
समारोहमा टोकियो सिटी विश्वविद्यालयका डीन तथा अनुसन्धान प्राध्यापक होम बहादुर रिजाल, एनआरएनए जापानका अध्यक्ष नबिन न्युरे, प्रर्यटन दुत रामहरी पुडासैनी , पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, जनजाती महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा एनबिए जापानका संरक्षक बिनोद शेरचन, जापानको प्रतिनिधि सभाका सदस्य विशेष केनिची, इबाराकी विश्वविद्यालयका प्राध्यापक मेरिटस मित्सुहिरो नाकागावा, नेपालका लागी पूर्व राजदुत योसियोका हिरोमित्सु , एसिया एक्योइकु ग्रुपका अध्यक्ष यानो यासुशी लगायतले बिद्यालयलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।
सोही अवसरमा यामानासी एईवा युनिभर्सिटी बाट प्राप्त शुभकामना सन्देश पढेर सुनाईएको थियो।
त्यस्तै गरी अभिभावक महेन्द्र पिसीले एसियन ब्रिजमा आफ्नो बच्चाको सुन्दर भविष्य देखेको र र आफनो सपनालाई स्कुलले पुरा गर्नेमा आफू ढुक्क भएको बताए ।
उदघाटन समारोहमा बिद्यार्थीहरुले नेपालको राष्टि्यता झल्कने खालका गित तथा नृत्य प्रस्तुत गरेका थिए । बिद्यालय व्यवस्थापन समितीका सदस्य दिनेस लोहनीले स्वागत गरेका थिएभने कार्यक्रम जापानी, अग्रेजी र नेपाली भाषामा कमल बास्तोला, सृर्ष्टी शेरचन र लक्ष्मी पौडेलले संचालन गरेका थिए ।
नेपालीको १० करोडको लगानीमा संचालनमा आएको उक्त बिद्यालयमा ७० जना सेयर होल्डरहरुको संयुत लगानी रहेको बताईएको छ । टोकियोको किता कु खामीनाकाजातोस्टेशन नजिक रहेको एसियन ब्रिज इन्टरनेशनल स्कुलमा यो बर्ष प्रि-प्राइमरी कक्षा देखी ४ कलास सम्म संचालन हुने छ ।