स्थापनाको तिस बर्ष पुगेको तमुधीं जापानको साधारण सभा सम्पन्न, विघान संसोधन, रचानत्मक कार्यक्रम गरिने(फोटोहरु)

टोकियो

तमुधीं जापानले गएको आईतबार साधारण सभा सम्पन्न गरेको छ । स्थापन भएको ३० औ बर्ष पुगेको तमुधीं जापानले बार्शिक साधारसभा सगै बार्शिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

तमुधीं जापानको संरक्षक एवं पूर्व अध्यक्ष हर्क गुरुङको प्रमुख आतिथ्यततामा सम्पन्न साधारण सभाले महासचिव विनय गुरुङले प्रस्तुत गरेको बार्सिक प्रतिवेदन एव कोषध्यक्ष मिथुन गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

साधारण सभामा एक बर्षमा आयोजना गरिएको रोधीं सांझ, ल्होसार कार्यक्रम र बारबिक्यू गरेर सस्थाको कोषमा १० लाख जापानिज ऐन संकलन गर्न सफल भएको एवं नेपालमा रहेको बिभिन्न संघ/सस्थाहरुलाई ८ लाख नेपाली रुपैया हस्तान्तरण गरिएको जानकारी दिएको थियो । त्यसैगरी साधारण सभाले आगमी दिनहरुमा गुरुङ समुदयको सस्कार र सस्कृतीलाई जापानिज नागरिकहरु विच प्रचार गर्ने उदेष्यले कार्यक्रम गरिने एवं क्षेत्रिय समितिहरुलाई केन्द्रसग सहकार्यका लागि क्षेत्रिय उपाध्यक्ष सहितको पदहरु समावेस गरिने गरी विघान संसोधन गरिएको छ ।

साधारण सभामा तमुधीं जापानको १ सय जना आजिवन सदस्य रहेको एवं २० जना मानर्थ सदस्य एवं यो बर्ष १ हजार भन्दा बढीलाई साधारण सदस्य बनाउने लक्ष्य रहेको जानकारी दिएको थियो भने कोषध्यक्षले यस कार्यकालमा करिब ३० लाख नगद मौज्दत रहेको जानकारी दिदै यो बर्षको अन्तिम सम्म ५० लाख नगद बचत गरिने लक्ष्य राखिएको कोषध्यक्ष मिथुन गुरुले जानकारी दिनुभयो ।

साधारण सभाले अध्यक्ष हिमाली गुरुङले प्रस्तुत गरेको आगमी कार्ययोजना पारित गर्दै यो बर्ष देखि नै बिभिन्न योजनाहरुलाई लागु गरिने भएको छ । जापानमा रहेको संघ/सस्था विच स्थापनाले मात्र नभई क्रियासिलताले पनि अब्बल बन्न नयां कार्यक्रमहरु संचालन गरिने भएको छ ।

साधारण सभाको तस्विरहरु

ताजा समाचार