जापानको गुन्मा प्रान्तमा सुतैकै अवस्थामा सधैका लागि अस्ताए टिकापुरका भरत धामी

टोकियो 

कामबाट कोठामा आई सुतेका टिकापुर कैलालीका भरत धामीको जापानको गुन्मा प्रान्तको सिबकावा स्थित आफ्नै कोठामा मृत्यु भएको छ । 

एक बर्ष अघि वुबाको मृत्यु पछि नेपाल गएका धामी नेपालबाट जापान फर्किएको करिब ६ महिना पछि कोठामा नै मृत भेटिएका हुन। धामीको परिवारमा आमा र भाई रहेको बुझिएको छ । 

आज भन्दा ६ बर्ष अघि बिद्यार्थी भिषामा जापान आएका २७ बर्षिय धामीले विगत २ बर्ष देखि होटलमा स्थाई कर्मचारीका रुपमा काम गरेका थिए । बुबाको मृत्यु पछि काज किरिया गर्न नेपाल गएका धामीको मृत्यु के कारणले भएको त्यो भने १३ तारिक प्रहरीले रिपोर्ट दिने बताईएको छ । 

मृतक धामीको अन्तेष्टी जापानमा नै गरिने 

गरिब परिवारमा जन्मिएका धामीको परिवारले शव नेपाल पठाउन अनुरोध गरेपनि परिवार र जापानमा रहेको आफन्तको सल्लाहपछि धामीको शवलाई जापानमा नै अन्तेष्टी गरिने सुदुर पश्चिम समाजाका पंकज मजगाईले जानकारी दिएका छन । 

मजगाईका अनुसार धामीको शवलाई अन्तेष्टी गर्नका लागि सहयोग संकलन शुरु गरिएको एव चाहिने रकम पछिको बाकि रकम नेपालमा रहेको परिवारलाई पठाईने बताए ।

ताजा समाचार