टोकियो
नेपालको पर्यटन राजधानी रहेको कास्की जिल्लाबाट आई जापानमा बसोबास गरिरहेका कास्की पोखराबासीहरुको सस्था कास्की पोखरा समाज जापानको छैटौ अधिवेशन आईतबार टोकियोमा हुने भएको छ ।
जापानका लागि नेपालका राजदूत डा दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा हुने अधिवेशनले आगमी दुई बर्षका लागि नयां कार्यसमिति चयन गर्ने अध्यक्ष सन्देश अधिकारीले जानकारी दिनुभयो । अधिवेशनका अवशरमा देशको पर्यटन राजधानी रहेको कास्कीको परिचय दिने उदेष्य प्रकाशन गरिएको स्मारिको विमोचन समेत गरिने भएको छ ।
अधिवेशनमा नयां कार्यसमिति चयनका लागि संरक्षक एवं एनआरएन जापानका निर्वतमान अध्यक्ष शिव प्रसाद पौडेलको संयोजकत्वमा निर्वाचन समिति लगायत विभिन्न उपसमिति बनाईएको समाजको महासचिव सरोज कार्कीले जानकारी दिनुभयो ।
यसैविच ओकिनावा क्षेत्रिय समितिको अध्यक्षमा ढकाल
कास्कि पोखरा समाज जापानका अध्यक्ष सन्देश अधिकारीले दिएको जानकारी अनुसार अनिल कुमार ढकालको अध्यक्षमा ओकिनावा क्षेत्रिय समितिको नयां कार्भयसमिति चयन भएको छ ।
नवनिर्वाचित कार्यसमिति निम्न प्रकार रहेका छन ।
अध्यक्ष : अनिल कुमार ढकाल
म.उपाध्यक्ष :अनीता अधिकारी
उपाध्यक्ष : विदुर भट्टराई
उपाध्यक्ष : नीरज पौडेल
सचिव : अनिल पौडेल
सह-सचिव : माधव शर्मा
कोषाध्यक्ष : अजय ढकाल
सह-कोषाध्यक्ष : समझना पोखरेल
सदस्यहरू
सुष्मिता पराजूली
भावना बराल
सुमन अधिकारी
बिजय पौडेल
विशाल ढुंगाना
बिष्णु राई
सुदीप ढकाल